images
images

‘काठमाडौँ म्युजिक फेस्टिभल’ को आधिकारिक फूड पार्टनरमा फूडमान्डु

‘काठमाडौँ म्युजिक फेस्टिभल’ को आधिकारिक फूड पार्टनरमा फूडमान्डु

सोमवार, फागुन २८ २०८०
सोमवार, फागुन २८ २०८०
  • ‘काठमाडौँ म्युजिक फेस्टिभल’ को आधिकारिक फूड पार्टनरमा फूडमान्डु

    काठमाडौँ / फूड डेलिभरी कम्पनी फूडमान्डु ‘काठमाडौँ म्युजिक फेस्टिभल २०२४’ को आधिकारिक फूड पार्टनर हुने भएको छ ।

    images
    images

    दक्षिण एसियाकै लोकप्रिय  कलाकार आतिफ असलमको लाइभ शो रहेको यस काठमाडौँ म्युजिक फेस्टिभलमा फूडमान्डुले विभिन्न प्रकारका स्वादिष्ट खानेकुरा प्रदान गरेर सहभागीहरूका लागि एक उत्कृष्ट अनुभव प्रदान गर्ने भएको हो । 

    यस म्युजिक फेस्टिभलमा फूडमान्डुमा आबद्ध पपुलर २५ पार्टनर रेस्टुरेन्टहरूको स्टल रहने छ । यही चैत्र ३० र वैशाख १ मा काठमाडौँको हायात रिजेन्सी ग्राउन्डमा हुने यस ‘काठमाडौँ म्युजिक फेस्टिभल २०२४’ टारिस इन्टरटेन्मेन्ट र एमएन प्रोडक्सनले संयुक्त रूपमा आयोजना गरेका हुन् । 

    नेपाली नयाँ वर्षको अवसरमा हुन लागेको यस फेस्टिभलको पहिलो दिन ४ बजेबाट आतिफ असलमको कन्सर्ट सुरु हुनेछ भने गेट १ बजे नै खुल्ला रहनेछ । दोस्रो दिन १२ बजेदेखि थप नेपाली र भारतीय प्रख्यात कलाकारहरूको प्रस्तुति रहने छ ।

    फूडमान्डुले विगत एक दशकदेखि खानाका पारखीहरूका लागि सहज र भरपर्दो प्लेटफम मार्फत ग्राहकहरूको घर आँगनमा खाना डेलिभरी गर्दै आइरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार