images
images

स्मार्टलुक्स भएको इन्फिनिक्स स्मार्टफोनहरु नेपाली बजारमा सार्वजनिक, मूल्य कति ?

स्मार्टलुक्स भएको इन्फिनिक्स स्मार्टफोनहरु नेपाली बजारमा सार्वजनिक, मूल्य कति ?

बुधवार, फागुन ३० २०८०
बुधवार, फागुन ३० २०८०
  • स्मार्टलुक्स भएको इन्फिनिक्स स्मार्टफोनहरु नेपाली बजारमा सार्वजनिक, मूल्य कति ?

    काठमाडौँ / इन्फिनिक्सले स्मार्ट ८ सिरिज अन्तर्गत तीन किसिमका स्मार्टफोनहरू नेपाली बजारमा ल्याएको छ ।  स्मार्ट ८, स्मार्ट ८ प्लस र स्मार्ट ८ प्रो स्मार्ट फोनहरू नेपाली बजारमा ल्याएको हो ।

    images
    images

    इन्फिनिक्सको स्मार्ट ८ प्लस स्मार्टफोनमा पनि ५० मेगापिक्सलको डुअल क्यामेरा सेटअप रहेको छ भने ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । ६।५६ इन्च एचडी डिस्प्लेसहित आकर्षक तथा प्रिमियम डिजाइनमा आउने यो स्मार्टफोनमा उत्कृष्ट पर्फमेन्सका लागि शक्तिशाली ६००० एमएएच ब्याट्री क्षमता छ ।

    यसले टाइप सी चार्जर सपोर्ट गर्नुका साथै स्मार्ट ८ प्लसमा फिङ्गरप्रिन्ट सुविधा पनि रहेको छ  । स्मार्ट ८ प्लस ४जीबी र्‍याम र ६४ जीबी रोममा १३ हजार ९९९ रुपैयाँमा उपलब्ध छ । यो स्मार्टफोन टिम्बर ब्ल्याक, ग्यालेक्सी ह्वाइट र साइनी गोल्ड रंगमा छ ।

    इन्फिनिक्सको स्मार्ट ८ प्रो स्मार्टफोनमा ५० मेगापिक्सलको डुअल क्यामेरा सेटअप रहेको छ भने ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । प्रिमियम डिजाइन सहित ६।५६ इन्च एचडी डिस्प्ले रहेको स्मार्ट ८ प्रो मा मिडिया टेक हेलियो जी३६ चिपसेट राखिएको छ । उत्कृष्ट पर्फमेन्सका लागि यो फोनमा शक्तिशाली ५ हजार एमएएच ब्याट्री क्षमता छ भने यसले टाइप सी चार्जर सपोर्ट गर्दछ र फिङ्गरप्रिन्ट सुविधा पनि रहेको छ ।

    स्मार्ट ८ प्रो ४जीबी र्‍याम र ६४जीबी रोम तथा ४जीबी र्‍याम र १२८जीबी रोममा क्रमशः १२ हजार ९९९ र १३ हजार ४९९ रुपेयाँमा उपलब्ध छन् । यो स्मार्टफोन रेनबो ब्लू, ग्यालेक्सी ह्वाइट र टिम्बर ब्ल्याक रंगमा छ ।

    इन्फिनिक्सको नयाँ मोडल स्मार्ट ८ मा ६.५६ इन्च एचडी डिस्प्लेको साथमा १३एमपी रियर क्यामेरा र ८एमपी फ्रन्ट क्यामेरा रहेको छ । पर्फमेन्सका लागि शक्तिशाली ६ हजार एमएएच ब्याट्री रहेको यो स्मार्टफोनले टाइप सी चार्जिङ सपोर्ट गर्दछ । 

    स्मार्ट ८ मा स्टोरेजका लागि ३जीबी र्‍याम र ६४ जीबी रोम तथा ४जीबी र्‍याम र १२८ जीबी रोममा क्रमशः  ११ हजार ४९९ र १२ हजार ९९९ रुपैयाँमा उपलब्ध छन् । यो स्मार्टफोन आकर्षक टिम्बर ब्ल्याक, क्रिस्टल ग्रिन र साइनी गोल रंगमा देशभर उपलब्ध छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार