images
images

७ महिनामा वाणिज्य बैंकहरुले कमाए ३५ अर्ब ४९ करोड नाफा, कुन बैंकले कति ?

७ महिनामा वाणिज्य बैंकहरुले कमाए ३५ अर्ब ४९ करोड नाफा, कुन बैंकले कति ?

बिहिवार, चैत १ २०८०
बिहिवार, चैत १ २०८०
  • ७ महिनामा वाणिज्य बैंकहरुले कमाए ३५ अर्ब ४९ करोड नाफा, कुन बैंकले कति ?

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को ७ महिनामा वाणिज्य बैंकहरुले करिब साढे ३५ अर्ब रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन्। हाल सञ्चालनमा रहेको २० वटा वाणिज्य बैंकहरूले सात महिनामा कुल ३५ अर्ब ४९ करोड ३२ लाख रुपैयाँ नाफा कमाएका हुन्।

    बढी नाफा कमाउनेमा नबिल

    सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ। यो बैंकले ७ महिनाको अवधीमा ३ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

    अन्य कुन बैंकले कति ? 

    ७ महिनाको अवधीमा सबैभन्दा बढी नाफा आर्जन गर्ने बैंकहरू दोस्रो स्थानमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ। यो बैंकले २ अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

    यता, उच्च नाफा आर्जनको हिसाबले ग्लोबल आइएमई बैंक तेस्रो स्थानमा रहेको छ। ७ महिनामा यस बैंकले २ अर्ब ६८ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

    यस्तै, प्राइम कमर्सियल बैंक २ अर्ब ५४ करोड ६९ लाख रुपैयाँ नाफाका साथ चौथो स्थानमा रहेको छ भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक २ अर्ब ३८ करोड ९ लाख रुपैयाँका साथ पाँचौँ स्थानमा रहेको छ।

    त्यसैगरी, धेरै नाफा कमाउनेको सूचीमा एनआईसी एसिया बैंक छैटौँ स्थानमा रहेको छ। यो बैंकले २ अर्ब १४ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो महिनामा नबिलसँगै ग्लोबल आइएमई, एनआईसी एशिया बैंक सबेभन्दा धेरै नाफा आर्जन गर्ने बैंक हुने गर्दथे । 

    यस्तै, माघसम्म एभरेस्ट बैंकले १ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ९४ करोड १७ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ८३ करोड ७४ लाख रुपैयाँ, एनएमबि बैंकले १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

    त्यसैगरी, कृषि विकास बैंकले १ अर्ब ५७ करोड ३३ लाख रुपैयाँ, सिद्धार्थ बैंकले १ अर्ब ४१ करोड ८३ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ४० करोड ८७ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ४० करोड १२ लाख रुपैयाँ र कुमारी बैंकले १ अर्ब १२ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

    ५ वाणिज्य बैंकको नाफा अर्ब भन्दा कम

    चालु आर्थिक बर्षको ७ महिनामा ५ बैंकले अर्ब भन्दा कम नाफा आर्जन गरेको छ । यस अवधीमा सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक र नेपाल एसबीआई बैंकले एक अर्ब भन्दा कम नाफा कमाएका हुन् । 

    जसमा सिटिजन्स बैंकले ९९ करोड ७८ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ९८ करोड ४ लाख रुपैयाँ, नेपाल बैंकले ९५ करोड ९१ लाख रुपैयाँ, प्रभु बैंकले ९२ करोड ७६ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकले ८५ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार