images
images

७ महिनामा राष्ट्रियस्तरका विकास बैंकले कमायो पौने ३ अर्ब नाफा, कुन बैंकको कति ?

७ महिनामा राष्ट्रियस्तरका विकास बैंकले कमायो पौने ३ अर्ब नाफा, कुन बैंकको कति ?

बिहिवार, चैत १ २०८०
बिहिवार, चैत १ २०८०
  • ७ महिनामा राष्ट्रियस्तरका विकास बैंकले कमायो पौने ३ अर्ब नाफा, कुन बैंकको कति ?

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को ७ महिना अर्थात माघ मसान्तसम्म राष्ट्रियस्तरका विकास बैंकहरुले पौने ३ अर्ब रुपैयाँ बराबरको नाफा आर्जन गर्न सफल भएका छन् । 

    images
    images
    images
    images

    आल सञ्चालनमा रहेको राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरूले ७ महिनाको अवधिमा २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका हुन्।

    माघ मसान्तसम्ममा विकास बैंकमध्ये सर्वाधिक नाफा आर्जन गर्नेमा गरिमा विकास बैंक रहेको छ। यस अवधीमा गरीमा विकास बैंकले मात्रै ५५ करोड ८० लाख रुपैयाँ नाफा आजृन गरेको हो । 

    यस्तै, सार्वधिक नाफा आर्जन गर्नेको दोस्रो स्थानमा मुक्तिनाथ विकास बैंक रहेको छ। मुक्तिनाथ विकास बैंकले यो ७ महिनामा ५३ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

    त्यसैगरी, शाइन रेसुंगा ४३ करोड ७१ लाख रुपैयाँ नाफाका साथ तेस्रो स्थानमा रहेको छ भने महालक्ष्मी विकास बैंक ३३ करोड ४० लाख रुपैयाँ नाफाका चौथौ स्थानमा रहेको छ।

    यसैगरी माघसम्म कामना सेवाले ३१ करोड २३ लाख रुपैयाँ, लुम्बिनीले २१ करोड १३ लाख रुपैयाँ, ज्योतिले १७ करोड ७६ लाख रुपैयाँ र सांग्रिलाले १५ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार