images
images

नबिल बैंकले ५ अर्बको अग्राधिकार शेयर निष्काशन गर्ने, लाभांश दर कति ?

नबिल बैंकले ५ अर्बको अग्राधिकार शेयर निष्काशन गर्ने, लाभांश दर कति ?

बिहिवार, चैत १ २०८०
बिहिवार, चैत १ २०८०
  • नबिल बैंकले ५ अर्बको अग्राधिकार शेयर निष्काशन गर्ने, लाभांश दर कति ?

    काठमाडौँ / नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर निष्काशन गर्ने भएको छ। 

    बैंकको आज बिहिबार बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंक लगायत नियमनकारी निकायको स्विकृति प्राप्त भएका खण्डमा ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

    बैंकले रू. १०० का दरले ५ करोड इकाई अर्थात रू. ५ अर्ब बराबरको ८ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको बर्ष मात्र मुनाफा वितरण हुने र शेयरको रकम फिर्ता नहुने प्रकृतिको अग्राधिकार शेयर व्यक्तिगत तवर (Private Placement) बाट मात्र बिक्री गरिने गरि जारी गर्ने (Issuance of 8% Perpetual Non-Cumulative 50 Million units of Preference Share @ Rs. 100 per share Amounting Rs. 5 Billion through Private Placement) पस्ताव गरेको हो।

    त्यस्तै बैंकले नेपाल राष्ट्र बैंक लगायत नियमनकारी निकायको स्विकृति प्राप्त गरे पश्चात् ८ % नबिल डिबेन्चर २०८९ (८ बर्ष अवधिको ) जारी गर्ने प्रस्ताव पनि गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार