images
images

नवीकरणीय ऊर्जा प्रवर्धनमा सिद्धार्थ बैंक, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रसँग सम्झौता

नवीकरणीय ऊर्जा प्रवर्धनमा सिद्धार्थ बैंक, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रसँग सम्झौता

बिहिवार, चैत १ २०८०
बिहिवार, चैत १ २०८०
  • नवीकरणीय ऊर्जा प्रवर्धनमा सिद्धार्थ बैंक, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रसँग सम्झौता

    काठमाडौँ / सिद्धार्थ बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र बीच सम्झौता भएको छ । बैंक र ऊर्जा प्रवद्र्धन केन्द्र बीच नविकरणीय उर्जा प्रवद्र्धन गर्ने उद्देश्यले कर्जा जोखिम न्यूनीकरण सम्बन्धी सम्झौता भएको हो । 

    images
    images

    उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका तर्फबाट कार्यकारी निर्देशक नवराज ढकालले हस्ताक्षर गरेका छन् । 

    उक्त सम्झौता अनुसार दिगो उर्जा चुनौती कोषसंग समन्वय गरी बैंकको नविकरणीय उर्जा परियोजनाहरुमा प्रवाह भएको कर्जाको २० प्रतिशत रकम वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र मार्फत ग्यारेन्टी हुनेछ । 

    यस सम्झौताले बैंकको नविकरणीय उर्जा परियोजनाहरू जस्तै सोलार नेट मिटरिङ, १ मेगावाट सम्मको ग्रिड टाइड सोलार परियोजना, फोहोरबाट ऊर्जा निकाल्ने परियोजना, मिनी र माइक्रो हाइड्रो, घरपरिवारमा विद्युतीय खाना पकाउने, सिँचाइका लागि सौर्य पानी पम्प र विद्युतीय परिचालनमा कर्जा लगानी गर्न थप प्रोत्साहन गरेको छ ।

    सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १९६ वटा शाखा (५ एक्स्टेन्सन्काउन्टर सहित), ७३ शाखारहित बैंकिङ्ग सेवा र २२६ एटिएम मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बंैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

    ‘सम्बन्ध सधैभरीलाई’ भन्ने नारा अवलम्बन गर्दै बैंकले ‘सिद्घार्थ केयर’ मार्फत विभिन्न सेवा प्रदान गर्ने तथा गुनासोलाई सम्बोधन गर्ने कार्य हप्ताको सातै दिन २४सै घण्टा गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार