images
images

टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट : भविष्यमा हुने कारको डिजाइन बनाउन ९ जना बालबालिका जापान जाँदै

टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट : भविष्यमा हुने कारको डिजाइन बनाउन ९ जना बालबालिका जापान जाँदै

आइतवार, चैत ४ २०८०
आइतवार, चैत ४ २०८०
  • टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट : भविष्यमा हुने कारको डिजाइन बनाउन ९ जना बालबालिका जापान जाँदै
    images
    images

    काठमाडौँ / टोयोटा ड्रिम कार आर्ट कन्टेस्टका लागि नेपालबाट ९ जना बालबालिका छनौट गरिएको छ । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेन्टले १७ औँ टोयोटा ड्रिम कार आर्ट कन्टेस्टका ९ जना बालबालिका छनौट गरिएको जनाएको हो । 

    टोयोटाले आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा सिण्डिकेन्टका प्रतिनिधि प्रशान्त खत्रीले नेपालबाट टोयोटा ड्रिम कार आर्ट कन्टेस्टमा विश्व प्रतिष्पर्धाका लागि ९ जना छनोट गरिएको र उनीहरुलाई जापान विश्वस्तरको प्रतिष्पर्धाका लागि जापान पठाइने बताए । 

    युनाइटेड ट्रेडर्स सिण्डिकेन्टले तीन क्याटोगरीमा सात वर्षसम्म, ८ देखि ११ र १३ देखि १५ वर्षसम्मा विभाजन गरी तीन क्याटोगरीबाट समान ३÷३ जना छनोट गरेको हो ।

    “१७ औँ टोयटा ड्रिम कार आर्ट कन्टेस्ट नेपालमा मात्र नभइ विश्वभर आर्ट कम्पिटिसन भइरहेको छ । नेपालमा पनि यसको इभेण्ट हामीले गरिरहेका छौँ । यो गत वर्ष ९० वटा देशबाट लगभग ८ लाख सहभागी भएका थिए । त्यसमा नेपालबाट पनि हुनुहुन्थ्यो,” प्रतिनिधि खत्रीले बताए । 

    उनका अनुसार आर्ट कन्टेस्टमा एउटा सात वर्षसम्मको क्याटोगरी, अर्को ८ देखि ११ र १३ देखि १५ वर्षसम्मको तीन वटा क्याटोगरी रहेको छ । 

    “यसको कन्सेप्ट साना बालबालिकाहरूको लागि एउटा ड्रिम कन्सेप्ट कार हुन्छ भन्ने हिसावले आर्ट कन्टेस्ट गरिएको हो । तीन वटा क्याटोगरीबाट ९ जना छनोट हुनुभएको छ । यो हामीले वर्ल्ड कम्पिटिशनका लागि जापान पठाउनेछौँ । यसमा ८ सय बढी बालबालिकाहरूले सहभागिता रहनुभएको छ” उनले भने ।

    ७ औँ टोयोटा ड्रिम कार आर्ट कन्टेस्टमा नेपालमा ८ सय बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए । यसले साना बालबालिकाहरूको लागि भविष्यको कार कस्तो हुनुपर्छ भन्ने कन्सेप्ट तयार पार्न सहज हुने उनले बताए । 

    भविष्यका इन्भेन्टर्स, थिंकर्स र ड्रिमर्स बालबालिकाहरूको प्रतिभालाई प्रस्फुटन गर्न यसले सहयोग पुर्‍याउने टोयोटाले अपेक्षा गरेको बताएको छ । 

    सन् २००४ देखि टोयोटाले आफनो सामाजिक उत्तरदायित्वअन्तर्गत यस प्रकारको प्रतियोगिता आयोजना गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार