images
images

स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने

स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने

मंगलवार, चैत ६ २०८०
मंगलवार, चैत ६ २०८०
  • स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने
    images
    images

    काठमाडौँ / नबिल बैंक लिमिटेडका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् ।

    आफ्ना ग्राहकलाई विभिन्न क्षेत्रमा छुट तथा सुविधा विस्तारको लागि सक्रियता देखाउँदै आएको बैंकले स्काइवाकको टिकटमा छुट दिन वन्डर्स नेपाल प्रालिसँग दुई पक्षीय समझदारी गरेको छ ।

    यस सम्झौताअनुसार नबिल बैंकका ग्राहकले वन्डर्स नेपाल प्रालिको स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकले टिकट खरिद गर्दा नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड अथवा एनबैंक एपबाट भुक्तानी गर्नुपर्ने हुन्छ ।

    आफ्ना ग्राहक वर्गलाई अतिरिक्त लाभ दिने उद्देश्य सहित गरेको यस सम्झौता अन्तर्गत, नबिल बैंकका ग्राहकहरुले यो सुविधा दुई वर्ष सम्म उपभोग गर्न पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    काठमाडौँको कमलादीमा रहेको स्काइवाक टावर कुल ७८ दशमलव पाँच मिटर अग्लो छ भने यस टावरबाट उपत्यकाको तीन सय ६० डिग्रीमा दृश्यावलोकन गर्न सकिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार