images
images

कामना सेवा विकासद्वारा प्रहरीलाई गोप्रो हस्तान्तरण

कामना सेवा विकासद्वारा प्रहरीलाई गोप्रो हस्तान्तरण

मंगलवार, चैत ६ २०८०
मंगलवार, चैत ६ २०८०
  • कामना सेवा विकासद्वारा प्रहरीलाई गोप्रो हस्तान्तरण

    काठमाडौँ / कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रहरी प्रमाग, बुढानिलकण्ठलाई २ थान गोप्रो हस्तान्तरण गरेको छ । 

    बैंकका सामान्य सेवा, बिसीसी तथा सिएसआर विभाग प्रमुख सुशिल पौडेलले प्रहरी प्रभागका प्रमुख तथा प्रहरी निरिक्षक योग राज खतिवडालाई हस्तान्तरण गरेका हुन् । 

    उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक खतिवडाले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको गोप्रो हस्तान्तरणले अपराध नियन्त्रण तथा प्रमाण संकलनको लागि महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

    उक्त कार्यक्रममा बोल्दै बैंकका सिएसआर विभाग प्रमुख पौडेलले नेपाल प्रहरीसँगको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु तथा प्रहरी प्रभागका प्रहरीहरुको उपस्थिती रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार