images
images

वातावरण सुधारसँगै बीमितहरुलाई सम्मान गर्दै मेट लाइफ, लिगेसी ट्रीज कार्यक्रमको घोषणा

वातावरण सुधारसँगै बीमितहरुलाई सम्मान गर्दै मेट लाइफ, लिगेसी ट्रीज कार्यक्रमको घोषणा

बुधवार, चैत ७ २०८०
बुधवार, चैत ७ २०८०
  • वातावरण सुधारसँगै बीमितहरुलाई सम्मान गर्दै मेट लाइफ, लिगेसी ट्रीज कार्यक्रमको घोषणा

    काठमाडौँ / मेट लाइफ नेपालले आफ्नो लिगेसी ट्रीज कार्यक्रमको आधिकारिक सुरुवातको घोषणा गरेको छ । 

    images
    images

    जहाँ कम्पनीले जीवन बीमा मृत्यु दाबी भुक्तानी गरेको प्रत्येक व्यक्तीको सम्मानमा एउटा रुख रोप्ने वाचा गरेको छ । 

    रूखले बीमितको स्मृतिलाई सम्मान गर्ने कम्पनीको भनाई छ । साथै वन विनाशको लडाइँ, सफा हावा, र जनावरहरूको लागि बासस्थान, र भूमि संरक्षण प्रदान गर्ने कम्पनीले जनाएको छ ।

    जीवन बीमा दाबी भुक्तानी गरेपछि, कम्पनीले प्रत्येक लाभार्थीलाई उनीहरूको आफ्नो प्रियजनको सम्झनामा रूख रोपिएको सूचित गर्ने पत्र प्रदान गरिने कम्पनीले जनाएको छ । 

    मृतकलाई सम्मान गर्नुका साथै कार्यक्रम अन्तर्गत रोपिएका रुखहरूले बारा जिल्लाको पुनरुत्थानको प्रयासमा योगदान पु¥याउने र भावी पुस्तालाई पनि फाइदा पुग्ने बताइएको छ ।

    आर्बर डे फाउन्डेसन र उनीहरूको कार्यान्वयन साझेदार इकोकल्चरले यस कार्यक्रम सञ्चालन गरिने बताइएको छ । २०२३ को अन्त्यमा कार्यक्रम सुरु भएदेखि यस क्षेत्रको इकोसिस्टमलाई सहयोग गर्दै बारामा ७,००० रुख रोपिएका छन् । 

    जब बिरुवाहरुले जरा लिन्छ र आकाशमा पुग्छ, तिनीहरूले आशा, र सामूहिक कार्यको शक्तिको प्रतीक बनाउँछन् जसले आगामी पुस्ताहरूका लागि हरियाली, अझ समृद्ध भविष्य सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।

    लिगेसी ट्री कार्यक्रम मार्फत रोपिएका ७,००० रूखहरू आर्बर डे फाउन्डेसनले लगभग ७६४ मेट्रिक टन कार्बन डाइअक्साइड निकाल्ने, लगभग ३,२२० ग्यालन पानीको बहावलाई रोक्न, र ४० वर्षमा लगभग ११.८८ टन वायु प्रदूषकहरू हटाउने अनुमान गरेको छ । 

    मेटलाइफको दिगोपन प्रतिवद्धतालाई प्रतिबिम्बित गर्दै पुनरुत्थान पहलले दीर्घकालीन रोजगारी, सामुदायिक सहयोग र वातावरणीय तालिम सञ्चालन गर्ने लक्ष्य पनि राखेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार