images
images

कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बिहिवार, चैत ८ २०८०
बिहिवार, चैत ८ २०८०
  • कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौँ / विश्व वित्तीय सप्ताहको अवसरमा कामना सेवा विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

    विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्त्व बारेमा जागरण ल्याउने अर्गनाइजेशन अफ इकोनोमिक कोअपरेशन एन्ड डेभलपमेन्टको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । 

    उक्त सप्ताहको अवसरमा बैंकले विभिन्न साक्षरता कार्यक्रम आयोजना गरेको जनाएको छ । 

    जस अन्तर्गत कामना सेवा विकास बैंकले विभिन्न स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई बैंकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरू भ्रमण गराएको छ । 

    बैंकका विभिन्न शाखा तथा विभागहरू र त्यहाँबाट गरिने कार्यहरूको बारेमा विद्यार्थीहरूलाई जानकारी गराइएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    हाल बैंकले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत आफ्नो सेवा सुविधाहरू प्रदान गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार