images
images

ग्लोबल मनि विक २०२४ का अवसरमा कामना सेवाको डिजिटल वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल मनि विक २०२४ का अवसरमा कामना सेवाको डिजिटल वित्तीय साक्षरता कार्यक्रम

आइतवार, चैत ११ २०८०
आइतवार, चैत ११ २०८०
  • ग्लोबल मनि विक २०२४ का अवसरमा कामना सेवाको डिजिटल वित्तीय साक्षरता कार्यक्रम

    काठमाडौँ / कामना सेवा विकास बैंक बुटवल क्षेत्रले ग्लोबल मनि विक २०२४ को उपलक्ष्यमा बुटवलका उद्योगी व्यापारीहरुलाई लक्षित गरि डिजिटल वित्तीय साक्षरता कार्यक्रम चैत १० गते सम्पन्न गरेको छ । 

    उक्त कार्यक्रममा उद्योगी व्यापारी तथा प्रतिनिधि गरी १५० जनाको उपस्थिति रहेको थियो । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने Organization of Economic Cooperation and Development (OECD)] को संयोजनमा हरेक वर्ष मार्च १८ देखि २४ सम्म मनाउने गरिन्छ ।

    बैंकका सञ्चालक भिम प्रसाद तुलाचनको अध्यक्षतामा सम्पन्न उतm कार्यक्रममा रुपन्देही प्रहरी प्रमुख रञ्जीत सिंह राठोरको प्रमुख आतिथ्यता रहेको थियो । 

    लघुवित्त संघका अध्यक्ष, उद्योगी व्यापारीहरु तथा विभिन्न संघका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा बैंकका कानुन विभागका प्रमुख डण्डापानी भट्टराई तथा केन्द्रीय सञ्चालन विभागका प्रमुख राहुल कुमारले प्रस्तुतीकरण गरेका थिए । 

    आजको युग डिजिटल युग भएको र यस डिजिटल युगमा अनेक अवसर भएता पनि डिजिटल माध्यमबाट नै धेरै ठगी हुने भएको भन्दै अनलाईन ठगी र डिजिटल बैंकिङको चुनौतीको बारेमा प्रस्तुतीकरण गरिएको थियो । 

    उतm डिजिटल वित्तिय साक्षरता कार्यक्रम बैंकका बुटवल क्षेत्रको प्रमुख खीम लाल भुसालको सञ्चालनमा भएको थियो भने व्यापार संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले यस्तो डिजिटल वित्तिय साक्षरता कार्यक्रम निकै उपयोगी रहेकोले बैंक प्रति आभार व्यक्त गदैं आगामी दिनमा समेत सहकार्यको अपेक्षा व्यक्त गरे । 

    हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार