images
images

एशियन पेन्ट्सले इन्द्रचोकमा मनायो फागु पुन्ही या भिन्तुना

एशियन पेन्ट्सले इन्द्रचोकमा मनायो फागु पुन्ही या भिन्तुना

सोमवार, चैत १२ २०८०
सोमवार, चैत १२ २०८०
  • एशियन पेन्ट्सले इन्द्रचोकमा मनायो फागु पुन्ही या भिन्तुना

    काठमाडौँ / नेपालको पेन्ट बजारमा अग्रणी स्थानमा रहन सफल एशियन पेन्ट्सले काठमाडौँ महानगरपालिका वडा नम्बर २४ र कुटुम्ब ब्यान्डको सहकार्यमा चैत ११ गते काठमाडौंको इन्द्रचोकमा रङ्गको पर्व होली मनाएको छ । 

    images
    images

    नेपाली संस्कृति र समुदायको पहिचान झल्काउने उद्देश्यका साथ सांस्कृतिक कुटुम्बको सहकार्यमा यस कार्यक्रम आयोजना गरिएको थियो । 

    आइतबार दिउँसो १ बजेबाट सुरु भएको उक्त कार्यक्रम दिउँसो ४ बजेसम्म चलेको थियो । कार्यक्रममा कुटुम्ब ब्यान्डको सांस्कृतिक प्रस्तुति रहेको थियो । सांगीतिक प्रस्तुति बाहेक सहभागीहरूले फोटोबुथ र एशियन पेन्ट्स बाथसेन्सको ओपन शावरको पनि मजा लिएका थिए । 

    कार्यक्रमको बारेमा उत्साह व्यक्त गर्दै एशियन पेन्ट्स नेपालका कन्ट्री डाइरेक्टर गोपालकृष्णनले भने, ‘सामाजिक सद्भाव र एकता बढाउने यस होली पर्वमा कार्यक्रम आयोजना गर्न पाएकोमा हामी निकै हर्षित छौँ । काठमाडौं महानगरपालिका वडा नम्बर २४ र कुटुम्ब ब्यान्डसँग होली मनाउन पाउँदा हामीले गौरवान्वित महसुस गरेका छौं। हामी सहभागीहरूको उत्साहजनक प्रतिक्रिया देखेर निक्कै खुसी छौं, र हाम्रो यो विविधतालाई प्रवर्द्धन गर्न यो प्रयास जारी राख्ने आशा गर्दछौं ।’

    अघिल्लो वर्षझैँ काठमाडौं महानगरपालिका वडा नम्बर २४ र कुटुम्ब ब्यान्डकासँगको सहकार्यमा भएको यस कार्यक्रमले यस पाली पनि भरपुर सफलता पाएको आयोजकहरुले बताएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार