images
images

मे १ देखि नेपालीलाई निःशुल्क चिनियाँ भिसा, सेवा शुल्क मात्र लाग्ने

मे १ देखि नेपालीलाई निःशुल्क चिनियाँ भिसा, सेवा शुल्क मात्र लाग्ने

आइतवार, बैशाख १६ २०८१
आइतवार, बैशाख १६ २०८१
  • images
    images
    मे १ देखि नेपालीलाई निःशुल्क चिनियाँ भिसा, सेवा शुल्क मात्र लाग्ने

    काठमाडौँ / चीनले आगामी मे १ देखि नेपाली नागरिकलाई नियमित भिसा निःशुल्क दिने भएको छ । चिनियाँ दूतावासले बुधबार बिहान एक सूचना जारी गर्दै नियमितर्फको भिसा शुल्क तिर्नुनपर्ने जनाएको हो ।

    images
    images

    एक्सप्रेस २ र एक्प्रेस १ भिसाका लागि भने क्रमशः २ हजार ७ सय र ४ हजार रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै समूहतर्फ एक्सप्रेस २ र एक्प्रेस १ भिसा क्रमशः १ हजार ३ सय ५० र २ हजार रुपैयाँ तिर्नुपर्नेछ ।

    तेस्रो अन्तर्राष्टिय लगानी सम्मेलनमा चाइना इन्टरनेसनल डेभलपमेन्ट कर्पोरेसन एजेन्सी (सीआईडीसीए) प्रमुख लुओ झाओहुईले मे १ देखि लागू हुने गरी नेपाली नागरिकहरूलाई नियमिततर्फ भिसा शुल्क तिर्नुनपर्ने बताएका थिए ।

    प्रमुख लुओ झाओहुईको सम्बोधनलगत्तै चिनियाँ दूतावासले एक सूचना जारी गर्दै भिसा शुल्कसम्बन्धी नयाँ नीतिबारे जानकारी दिएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार