images
images

तेस्रो लगानी सम्मेलन सुरु, ५५ देशका लगानीकर्ताहरू सहभागी

तेस्रो लगानी सम्मेलन सुरु, ५५ देशका लगानीकर्ताहरू सहभागी

आइतवार, बैशाख १६ २०८१
आइतवार, बैशाख १६ २०८१
  • images
    images
    तेस्रो लगानी सम्मेलन सुरु, ५५ देशका लगानीकर्ताहरू सहभागी

    काठमाडौँ / तेस्रो लगानी सम्मेलन आजदेखि सुरु भएको छ । दुई दिनसम्म चल्ने लगानी सम्मेलनको उद्घाटन सत्र सुरु भएको हो । सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन्

    images
    images

    उद्घाटन सत्रमा विदेशी लगानीकर्तालाई स्वागत गर्दै अर्थमन्त्री बर्षमान पुनले नेपाल लगानीका लागि विश्वकै उत्कृष्ट गन्तव्य भएको बताएका हुन् । यस सम्मेलनमा विभिन्न चरणमा रहेका धेरै परियोजनाहरु शोकेसमा राखिएको उनले जानकारी दिए । 

    अर्थमन्त्री पुनले नेपालमा पूर्वाधार लगानी, सूचना प्रविधि र हरित ऊर्जा क्षेत्रमा लगानीको उच्चतम सम्भावना रहेको बताए । यसका लागि नेपाल सरकारले एकैसाथ धेरै कानुनी व्यवस्थालाई सुधार बताउँदै उनले सो कदम लगानीकर्ताको मनोबल सुधार गर्नका लागि पर्याप्त हुने जिकिर गरे । सम्मेलनमा विभिन्न ५५ देशका लगानीकर्ता सहभागी भएका छन् ।

    चीनका २६५, भारतका १४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई)का १३ र जर्मनीका १० जना सहभागी छन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ नौ जना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ ।

    पाकिस्तानबाट आठ, सिङ्गापुरबाट ६, कतार र घानाबाट पाँच/पाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चाररचार जनाको सहभागिता रहेको छ ।

    त्यसैगरी, स्वीटजरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलङ्का र कोलम्बियाका तीनरतीनजना सम्मलेनका लागि नेपाल आएका छन् । फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस र बेल्जियमबाट दुईरदुईजना सम्मेलनमा सहभागी हुने सुनिश्चित भएको छ ।

    त्यसैगरी, इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड, पोल्यान्ड, इन्डोनेसिया, ताजकिस्तान, दक्षिण अफ्रिका, रोमानिया, मेक्सिको र साइप्रसबाट पनि सम्मेलनमा सहभागिता छ ।

    सरकारले यसअघि २०७३÷२०७५ सालमा लगानी सम्मेलनको आयोजना गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार