images
images

डेन्टल स्क्रिनिङदेखि डिजिटल अभियानसम्म विश्व मौखिक स्वास्थ्य दिवसका लागि पेप्सीडेन्टको सहकार्य

डेन्टल स्क्रिनिङदेखि डिजिटल अभियानसम्म विश्व मौखिक स्वास्थ्य दिवसका लागि पेप्सीडेन्टको सहकार्य

मंगलवार, चैत १३ २०८०
मंगलवार, चैत १३ २०८०
  • डेन्टल स्क्रिनिङदेखि डिजिटल अभियानसम्म विश्व मौखिक स्वास्थ्य दिवसका लागि पेप्सीडेन्टको सहकार्य

    काठमाडौँ / विश्व मौखिक स्वास्थ्य दिवस २०२४ को लागि पेप्सीडेन्ट ब्रान्डले विभिन्न समुदायहरूमा मौखिक स्वास्थ्य र स्वच्छतालाई प्रवर्द्धन गर्नको लागि मार्च महिनाभर विभित्र गतिविधिहरू सम्पन्न गरेको घोषणा गरेको छ।  

    images
    images

    मानव शरीरको सम्पूर्ण स्वास्थ्यको लागि दन्त तथा मौखिक स्वास्थ्य र स्वच्छता अपरिहार्य रहेको तथ्यलाई पेप्सीडेन्ट नेपालले प्रवर्द्धन गर्दै आएको उक्त ब्राण्डले यस्तो घोषणा गरेको हो ।

    स्वस्थ जीवनको लागि आवश्यक विभिन्न उत्पादनहरू प्रदान गर्दै शैक्षिक अभियानद्वारा व्यक्तिगत रूपमा सबैलाई स्वस्थ मुस्कान र दाँतमा असर गर्ने किटाणुहरूविरुद्ध लड्ने चेतना पुराएको ब्रान्डको दावी छ । 

    ब्रान्डले एक एक पाइलासँगको सहकार्यमा नेपालका दुर्गम भेगहरूमा १६०० जनालाई निःशुल्क चिकित्सा सेवा र मौखिक स्वास्थ्य सम्बन्धी शिक्षा प्रदान गरेको थियो। 

    साथै, कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पतालको सहयोगले इन्द्रेश्वर माध्यमिक विद्यालयमा ३४३ जनालाई निशुल्क डेन्टल स्क्रिनिङ सेवा प्रदान गरिएको थियो। ब्रान्डले पेप्सीडेन्ट नमुनाहरू वितरण गरी समाजमा मौखिक स्वास्थ्य र हात धुने तरीकाहरूबारे सचेतना बढाएको थियो।

    २० मार्च, २०२४, विश्व मौखिक स्वास्थ्य दिवसको अवसरमा पेप्सीडेन्ट नेपालले नेपाल डेन्टल एसोसिएशनसँगको साझेदारीमा ‘अ ह्याप्पी माउथ इज अ ह्याप्पी बडी’ नाराका साथ एक दन्त स्वास्थ्य जागरूकता कार्यक्रमको आयोजना गरेको थियो। 

    काठमाडौँ, भक्तपुर र ललितपुरका १५ स्थानहरूमा आयोजित सो कार्यक्रमले ३५०० सहभागीहरूलाई दन्त तथा मौखिक स्वास्थ्य सम्बन्धी शिक्षा प्रदान गर्दै ब्रान्ड सचेतना पनि बढाउने लक्ष्य राखेको थियो । 

    ७०–८० स्वयमसेवक र १०(२० दन्त कार्यकारी अधिकृतहरू रहेको १०० जनाको टोली सहित यस कार्यक्रमले सहभागीहरूलाई आकर्षक क्रियाकलापहरूमा संग्लन गराई उनीहरुमा पेप्सीडेन्ट ब्रान्डको सकारात्मक प्रभाव पारेको थियो ।


    यसका अतिरिक्त, पेप्सिडेन्ट नेपालले किप ब्रसिङ एण्ड किप स्माइलिङ नामक डिजिटल अभियान सुरु गरेको थियो। 

    उक्त अभियानको लक्ष्य संगीतको धुनमा स्वस्थ जीवनशैलीका लागि मौखिक स्वास्थ्यको दैनिक नियमको महत्त्वलाई झल्काउन हरेक व्यक्तिलाई आफ्नो मन पर्ने धुनमा पेप्सिेडन्टले दाँत माझ्दै रमाउदै नाच्न प्रेरित गर्नु रहेको ब्राण्डको भनाइ छ । 

    सो अभियानलाई सामाजिक सञ्जालका १२ इन्फ्लुएन्सरहरूको सहकार्यमा पनि प्रवर्द्धन गरिएको थियो। सबैलाई विश्व मौखिक स्वास्थ्य दिवस २०२४ को अभियानमा साथ दिन प्रोत्साहन गर्दै यस डिजिटल अभियानले ३८ लाख रिच र ६२ लाख इम्प्रेसन हासिल गरेको बताइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार