images
images

नेपाल र कोरियाबिच अन्तरदेशीय भुक्तानी प्रणालीका लागि फोनपे र जिएलएन इन्टरनेश्नलबीच सम्झौता

नेपाल र कोरियाबिच अन्तरदेशीय भुक्तानी प्रणालीका लागि फोनपे र जिएलएन इन्टरनेश्नलबीच सम्झौता

मंगलवार, चैत १३ २०८०
मंगलवार, चैत १३ २०८०
  • नेपाल र कोरियाबिच अन्तरदेशीय भुक्तानी प्रणालीका लागि फोनपे र जिएलएन इन्टरनेश्नलबीच सम्झौता

    काठमाडौँ / नेपाल र कोरियाबिच अन्तरदेशीय भुक्तानी प्रणालीका लागि फोनपे र जिएलएन इन्टरनेश्नलबीच सम्झौता भएको छ  । 

    images
    images

    फोनपे, नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक र जिएलएन इन्टरनेश्नलबीच कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क प्रदान गर्ने कम्पनी, मिलेर नेपाल र कोरियाबीचको क्रस–बोर्डर क्यूआर भुक्तानी प्रदान गर्ने सम्बन्धमा हस्ताक्षर भएको हो । 

    यस सम्झौताको आधारमा, दुई कम्पनीले नेपाल र कोरिया बीच क्रस–बोर्डर क्युआर कोड भुक्तानी प्रदान गर्न आवश्यक नियामक , प्राविधिक र व्यावसायिक सम्भाभ्यता मा काम गरिने लेखिएको छ । 

    फोनपे  र जिएलएनको यो सहकार्यबाट कोरियाबाट नेपाल आउने पर्यटकहरुले नेपालमा क्यसआर भुक्तानी गर्न सक्ने छन । 

    अब कोरियाबाट नेपाल आउने GLN प्रयोगकर्ताहरूले Hana 1Q, KB Wallet, iMbank, Toss, Hana Money र GLN App जस्ता बैंकिङ एप्स मार्फत फोनपेको तेह्र लाख स्टोरहरूमा Realtime Payment QR भुक्तानी सेवाहरू प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । 

    "विश्वभरी क्रस-बोर्डर भुक्तानी सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरुप GLN र फोनपेसंग यो सहयोगी यात्रामा म उत्साहित छु," GLN का CEO, Kyungho Kim ले भने, "यो पार्टनर्सिपले हाम्रो नयाँ क्षेत्रमा विस्तार गर्ने प्रतिबद्धतालाई आयम थपेको छ, तेसै परस्पर सीमाहरू बिच innovative payment solutions प्रदान गर्ने हाम्रो मिशनलाई पनि लाई सार्थक तुलाएको छ ।" 

    Fonepay का  CEO Mr. Diwas Kumar ले भने, "हामी GLN संग सहकार्य गरेर हाम्रो सेवालाई कोरियाली पर्यटकहरुमा विस्तार गर्न उत्साहित छौं र हालको समयमा हाम्रो अन्तर्राष्ट्रिय विस्तार अभियानमा एक नयाँ सदस्य थप्न सफल भएका छौ ।”

    यस सहकार्यले नयाँ अवसरहरू खोल्न प्राविधिक सहयोग गर्नेछ, वित्तीय समाबेसिता बढाउन तथा नेपाललाई एक सफल डिजिटल अर्थतन्त्र सिर्जना गर्नमा सहयोग पुर्याउने उनले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार