images
images

लगातार दुई दिन नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज स्थिर, कतिमा हुँदैछ कारोबार ?

लगातार दुई दिन नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज स्थिर, कतिमा हुँदैछ कारोबार ?

आइतवार, चैत १८ २०८०
आइतवार, चैत १८ २०८०
  • लगातार दुई दिन नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज स्थिर, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ / लगातार दुई दिन नयाँ रेकर्ड बनाएको सुनको मूल्य साताको पहिलो दिन अर्थात् आइतबार भने स्थिर रहेको छ। 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दुई दिन अर्थात् बिहीबार र शुक्रबार सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड राख्न सफल भएको थियो।

    महासंघको अनुसार बिहीबार सुनको मूल्य प्रतितोला एक लाख २७ हजार नौ सय रूपैयाँ र शुक्रबार प्रतितोला एक लाख ३० हजार रूपैयाँमा कारोबार भएको थियो। शुक्रबारको मूल्य भने हालसम्मकै उच्च हो।

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३० हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। 

    त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। शुक्रबार प्रतितोला १५ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार