images
images

युक्रेनदेखि एघार सय किलोमिटर टाढा रहेको रूसी क्षेत्रमा ड्रोन आक्रमण

युक्रेनदेखि एघार सय किलोमिटर टाढा रहेको रूसी क्षेत्रमा ड्रोन आक्रमण

मंगलवार, चैत २० २०८०
मंगलवार, चैत २० २०८०
  • युक्रेनदेखि एघार सय किलोमिटर टाढा रहेको रूसी क्षेत्रमा ड्रोन आक्रमण

    युक्रेनबाट एक हजार १०० किलोमिटर भन्दा बढी दूरीमा रहेको तातारस्तानमा रहेको कारखानामा ड्रोन आक्रमण भएको रूसले जनाएको छ ।

    images
    images

    तातारका नेता रुस्तम मिन्निखानोभको सञ्चार शाखाले टेलिग्रामलाई दिएको जानकारीअनुसार ‘तातारस्तानमा येलाबुगा र निज्नेकम्स्कस्थित कारखानामा ड्रोन आक्रमण भएको’ हो ।

    विज्ञप्तिमा भनिएको छ,“आक्रमणबाट गम्भीर क्षति भएको छैन र कारखानाको काम प्रभावित भएको छैन तर येलाबुगामा मानिसहरू घाइते भएका छन् ।”

    रूसको विशेष आर्थिक क्षेत्र मानिने येलाबुगा नजिकै रासायनिक र मेकानिकल ईन्जिनियरिङ र धातुजन्य सामान उत्पादन गर्ने कारखानाहरू छन् भने निज्नेकम्स्कमा पेट्रोल उत्पादन गर्ने कारखाना रहेको छ । 

    अलाबुगा विशेष आर्थिक क्षेत्रमा एउटा घरमा दुईवटा ड्रोन प्रहार हुँदा दुई जना घाइते भएको स्थानीय प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार