चर्चित समाचार
  • बंगलादेशका लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन बोर्डको आह्वान

    बंगलादेशका लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन बोर्डको आह्वान

    मंगलवार, चैत २० २०८०
    मंगलवार, चैत २० २०८०
  • बंगलादेशका लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन बोर्डको आह्वान

    काठमाडौँ / नेपालको लगानी सम्मेलनमा लगानीकर्तालाई आकर्षण गर्न बंगलादेशमा प्रिइभेन्ट इन्भेष्टमेन्ट इन्भेष्टमेन्ट सेमिनार सम्पन्न भएको छ । बंगलादेशको ढाकास्थित नेपाली दूतावासले बंगलादेशका लगानीकर्ताहरूलाई लगानी सम्मेलनबारे जानकारी दिन उक्त सेमिनार आयोजना गरेको हो । 

    उक्त सेमिनारमा आगामी वैशाख १६ र १७ मा काठमाडौँमा आयोजना हुने लगानी सम्मेलनको विषयवस्तु तथा अपेक्षाका सम्बन्धमा सम्भावित लगानीकर्ताहरूलाई जानकारी गराइएको थियो ।कार्यक्रमका अतिथिहरूलाई स्वागत गर्दै बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले नेपालमा गरिने लगानीका लाभहरूबारे चर्चा गरेका थिए ।

    बंगलादेशी लगानीकर्तालाई नेपालमा जलविद्युत, पूर्वाधार, होटल तथा हस्पिट्यालिटी, फर्मास्युटिकल्स, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीको अवसर पहिल्याउन आग्रह गरे ।

    सेमिनारका प्रमुख अतिथि बंगलादेशका ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले नेपालमा रहेको लगानीको सम्भावनाबारे उल्लेख गर्दै नेपाल र बंगलादेशबीच द्विपक्षीय लगानी सम्बन्धलाई मजबुत पार्न बंगलादेश सकारात्मक रहेको बताए ।

    नेपाल र बंगलादेशबीचको ऊर्जा सहकार्यलाई विशेष महत्त्व दिँदै बंगलादेशको उच्च माग र नेपालको उत्पादन क्षमताबीच तादम्यता मिलाउनु पर्नेमा जोड दिए ।

    कार्यक्रमका विशेष अतिथि लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी सम्मेलनको तयारीका सम्बन्धमा जानकारी गराएका थिए ।

    लगानी सम्मेलनले सम्भावित लगानीकर्ता, नीति निर्माता, निजी क्षेत्र, विज्ञ, विकास साझेदार, डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युसनहरू र बैङ्क तथा वित्तीय संस्थालाई एक ठाउँमा ल्याउने र विदेशी लगानीकर्ताहरूले स्थानीय व्यवसायीहरूसँग साझेदारी गर्न सक्ने उनले बताए ।

    उनले सहभागी लगानीकर्तालाई सम्मेलनमा सहभागी हुन आह्वान समेत गरे । साथै बोर्डका प्रमुख कार्यकारी अधिकृतले बंगलादेशका ऊर्जामन्त्री र सम्बन्धित पक्षसँग साइडलाइन बैठक गर्दै द्विपक्षीय हितका विषयमा समेत बोर्डका प्रमुख भट्टले छलफल गरेका थिए ।

    सेमिनारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा अर्थमन्त्री वर्षमान पुनले लगानीकर्ताहरूलाई नेपालमा लगानीका लागि आह्वान गरेको भिडियो सन्देश प्रसारण गरिएको थियो ।

    सेमिनारमा बंगलादेशको संसदका सदस्यहरू, उच्चपदस्थ सरकारी अधिकारीहरू, थिंक ट्यांक, प्रतिष्ठित व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिहरू, नेपाली दूतावासका अधिकारीहरू लगायत ८० भन्दा धेरैको सहभागिता थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार