images
images

नेप्से सामान्य अङ्कले घट्दा साढे दुई अर्बको कारोबार, कुसले कति गुमाए ?

नेप्से सामान्य अङ्कले घट्दा साढे दुई अर्बको कारोबार, कुसले कति गुमाए ?

बुधवार, चैत २१ २०८०
बुधवार, चैत २१ २०८०
  • नेप्से सामान्य अङ्कले घट्दा साढे दुई अर्बको कारोबार, कुसले कति गुमाए ?

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ४३ प्रतिशतले घटेर दुई हजार छ दशमलव ७८ को बिन्दुमा कायम भएको हो ।

    images
    images

    विभिन्न तीन सय २२ कम्पनीका ६४ लाख ८१ हजार आठ सय ३४ कित्ता शेयर ५२ हजार ६५ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ५३ करोड ६२ लाख ३३ हजार नौ सय ८६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    जीवन बीमा समूह शून्य दशमलव ५०, लघुवित्त एक दशमलव ६५ र म्युचुअल फन्ड समूह शून्य दशमलव ३८ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह एक दशमलव ७४ र व्यापार समूह शून्य दशमलव ७४ प्रतिशतले घटेको छ । 

    बैंकिङ शून्य दशमलव ३५, विकास बैंक शून्य दशमलव ६३, वित्त शून्य दशमलव ६३, होटल तथा पर्यटन शून्य दशमलव १८, जलविद्युत् शून्य दशमलव ३९, लगानी शून्य दशमलव १८, निर्जीवन बीमा शून्य दशमलव ०२ र अन्य समूह शून्य दशमलव २७ प्रतिशतले घटेका छन् ।

    आजको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ९७ र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको नौ दशमलव ९१ प्रतिशतले बढेको छ । 

    सबैभन्दा धेरै घट्नेमा भने रिभर फल्स पावर लिमिटेडको शेयर मूल्य चार दशमलव ४० र मन्दाकिनी हाइड्रोपावर लिमिटेडको चार दशमलव ०८ प्रतिशतले घटेको छ ।

    कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु २५ करोड ८० लाख ५९ हजार एक सय १६ बराबरको चार लाख ९४ हजार सात सय ४५ कित्ता शेयर किनबेच भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार