images
images

दैनिक कीर्तिमान बनाउँदै सुनचाँदीको मूल्य, आज कति पुग्यो ?

दैनिक कीर्तिमान बनाउँदै सुनचाँदीको मूल्य, आज कति पुग्यो ?

बिहिवार, चैत २२ २०८०
बिहिवार, चैत २२ २०८०
  • दैनिक कीर्तिमान बनाउँदै सुनचाँदीको मूल्य, आज कति पुग्यो ?

    काठमाडौँ / आज (बिहीबार) सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्लो केही दिन यता दैनिक रेकर्ड बनाउँदै आएको सुनको भाउ आज थप महँगिएको हो ।

    images
    images

    बुधबार प्रतितोला १ लाख ३३ हजार रुपैयाँ रहेको छापावाल सुनको भाउ एक हजार रुपैयाँले बढेर १ लाख ३४ हजार रुपैयाँ पुगेको हो । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३२ हजार ३५० रुपैयाँबाट बढेर १ लाख ३३ हजार ३५० रुपैयाँ पुगेको छ । 

    यता, चाँदी पनि आज प्रतितोला ४० रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ६ सय १० रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ६ सय ५० रुपैयाँ पर्नेछ । 

    अन्तर्राष्ट्रिय कमोडिटी मार्केटमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण गरिन्छ । यसर्थ, सुनचाँदीको मूल्य निर्धारणमा नेपालको प्रमुख भूमिका हुँदैन । 

    अमेरिकासहित शक्तिशाली मुलुकहरूको ब्याजदर घटबढ, ती मुलुकहरूको स्टक मार्केट घटवढ र अर्थतन्त्र चलायमान, व्यवसाय विस्तार तथा रोजगारी घटबढ र अन्तर्राष्ट्रिय द्वन्द्वले सुनको माग र आपूर्ति बढाउन भूमिका खेल्छ ।  पछिल्लो समय विश्व बजारमा नै माग बढेपछि सुनको मूल्य बृद्धि भएको हो । 

    विश्वव्यापी मन्दीका कारण पनि सुनको लगानी बढिरहेको र अमेरिकी केन्द्रीय बैङ्क (फेडरल रिजर्भ बैङ्क)ले ब्याज दर घटाउने निश्चित हुनु, स्वीस बैङ्कले घटाउनुलगायतका कारणले सुनको माग बढिरहेको महासङ्घका संस्थापक अध्यक्ष मणी शाक्य बताउँछन् । 

    उनका अनुसार डलरको विश्वसनीयता घट्दा ठुला मुलुकहरूले युआन, रुबलआदिमा कारोबार नभएमा सुनले पेमेन्ट गरिरहेको कारणले पनि सुनको माग बढ्दो छ ।

    “प्यालेस्टाइन र इजरायलको युद्ध अन्त्य भएको छैन । युक्रेन र रसियाको युद्धको असर र अमेरिका र चाइनाबिचको तनाव उस्तै छ । विश्वका धेरै मुलुकको आर्थिक वृद्धिदर खुम्चिएको अवस्था छ, विभिन्न प्रक्षेपणले पनि तत्काल सुधार हुने आधार देखाएका छैनन्, त्यसले गर्दा व्यवसाय विस्तारभन्दा पनि लगानी सुरक्षाका लागि अहिले सुन धेरैको रोजाइ बनेको छ,” उनले भने ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार