images
images

चिनियाँ विकास बैंकले कृषिका लागि ऋण सहयोग दोब्बर बनायो

चिनियाँ विकास बैंकले कृषिका लागि ऋण सहयोग दोब्बर बनायो

बिहिवार, चैत २२ २०८०
बिहिवार, चैत २२ २०८०
  • चिनियाँ विकास बैंकले कृषिका लागि ऋण सहयोग दोब्बर बनायो

    बेइजिङ / चीनको प्रमुख नीतिगत बैंकको रुपमा रहेको चाइना विकास बैंक (सिडिबी) ले यस वर्ष देशभर कृषि विकास र संरक्षणका साथै उत्पादकत्व सुधारका लागि आर्थिक सहयोग बढाएर दोब्बर बनाएको छ ।  

    images
    images

     बैंकले यस वर्षको पहिलो चौमासिकमा कृषि क्षेत्रको विकासका लागि ३६ करोड ५० लाख अमेरिकी डलर बराबरको विशेष ऋण जारी गरेको छ । जुन ऋण एक वर्ष अघिको समान अवधिमा जारी गरिएको ऋण रकमको दोब्बर भन्दा बढी हो ।

    खाद्य सुरक्षा तथा कृषि उत्पादनको सहज आपूर्तिलाई सुनिश्चित गर्न बैंकले हालका वर्षहरूमा चीनका प्रमुख १३ वटा अन्न उत्पादन क्षेत्रहरूमा उच्च–मानक सहितको खेतीको विकास र उन्नयनका लागि मध्यम र दीर्घकालीन वित्तीय सहयोग प्रदान गरेको छ ।

    अर्को चरणमा, बैंकले ग्रामीण क्षेत्रमा पूर्वाधार र कृषि क्षेत्रमा विज्ञान–प्रविधि नवप्रवर्तन जस्ता प्रमुख क्षेत्रहरूमा समावेशी वित्तीय सहयोगलाई सुदृढ पार्ने योजना राखेको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार