images
images

महसुल नतिर्ने स्थानीय तहको बिजुली काटिने, काठमाडौँ महानगरको मात्रै १ अर्ब बढी

महसुल नतिर्ने स्थानीय तहको बिजुली काटिने, काठमाडौँ महानगरको मात्रै १ अर्ब बढी

शुक्रवार, चैत २३ २०८०
शुक्रवार, चैत २३ २०८०
  • महसुल नतिर्ने स्थानीय तहको बिजुली काटिने, काठमाडौँ महानगरको मात्रै १ अर्ब बढी

    काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको बक्यौता नआएपछि चेतावनी दिएको छ । प्राधिकरणले सडक बत्ती बालेबापत बक्यौता नतिरेका स्थानीय तहको बिजुली जुनसुकै बेला पनि काट्ने चेतावनी दिएको हो । यसबाट सर्वसाधारणमा पर्ने असरप्रति क्षमा माग्दै प्राधिकरणले महसुल नुबुझाउने केही स्थानीय तहलाई यस्तो चेतावनी दिएको हो । 

    images
    images

    सडक बत्तीको व्यवस्थित उपयोग र सो को महसुल भुक्तानी गर्ने सम्बन्धमा प्राधिकरणले चैत १६ गते सूचना प्रकाशित गरी महसुल बुझाउन आग्रह गरेको थियो । जसमा केही स्थानीय तहले बुझाए पनि केहीले बुझाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ । 

    केही स्थानीय तहले भने रितपूर्वक ग्राहक बनेर सडक बत्तीको बक्यौता महसुल समर्थन गरी भुक्तानीको प्रतिबद्धतासमेत व्यक्त प्राधिकरणले उल्लेख गरेको छ । 

    पाल विद्युत् प्राधिकरणका अनुसार अघिल्लो आर्थिक वर्षसम्म विभिन्न स्थानीय तहमा विद्युत् महसुल बक्यौता ६ अर्ब रुपैयाँभन्दा माथि छ । तीन सय ३१ पालिकाको गत असारसम्मको सडकबत्तीको बक्यौता ६ अर्ब आठ करोड रुपैयाँ पुगेको हो ।

    सबैभन्दा बढी काठमाडौँ उपत्यकाको साढे १ अर्ब रुपैयाँभन्दा माथि छ ।  सबैभन्दा बढी विद्युत् महसुल बक्यौता काठमाडौँ महानगरपालिकाको एक अर्ब ७८ करोड बराबर भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

    एक सय हाराहारी पालिकाको बक्यौता प्रतिपालिका एक करोड रुपैयाँभन्दा बढी रहेको देखिन्छ । अधिकांश पालिकाहरूको बक्यौता ०७४ सालपछिको रहेको प्राधिकरणले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार