images
images

‘सुपर लक्जरी श्रेणी’  अन्तर्गत केएनपि Nerolac को पेन्टस् सार्वजनिक, १२ वर्ष सम्मको वारेन्टी

‘सुपर लक्जरी श्रेणी’  अन्तर्गत केएनपि Nerolac को पेन्टस् सार्वजनिक, १२ वर्ष सम्मको वारेन्टी

शनिवार, चैत २४ २०८०
शनिवार, चैत २४ २०८०
  • ‘सुपर लक्जरी श्रेणी’  अन्तर्गत केएनपि Nerolac को पेन्टस् सार्वजनिक, १२ वर्ष सम्मको वारेन्टी

    काठमाडौँ / जापानको सर्वोत्कृष्ट पेन्ट केएनपि Nerolac पेन्टस्ले आफ्ना दुई नयाँ पेन्ट एक्सेल इभरलास्ट १२ र इम्प्रेसन इको–क्लिन सार्वजनिक गरेको छ। 

    images
    images

    कम्पनीले हालै मात्र नेपालभरिका आफ्ना सम्पूर्ण अधिकृत विक्रेताहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरि दुई नयाँ पेन्ट्स सार्वजनिक गरेको हो । 

    काठमाडौँस्थित एभरेस्ट होटेलमा आयोजित ‘बिजेसन पार्टनर्स कन्क्लेभ २०८०’ कार्यक्रममा सार्वजनिक गरिएका दुई पेन्टमध्ये ‘एक्सेल इभरलास्ट १२’ पेन्ट एक्सटेरियर  पेन्ट र इम्प्रेसन्स इको–क्लिन’  घरको भित्री सतहमा लगाउने इन्टेरिय पेन्ट हो। 

    यी दुवै पेन्टमा 'सुपर रिच प्रपर्टिज' र हानिकारक किटाणु प्रतिरोधि लगायतका थुप्रै बिशेषताहरू रहेका छन्। 

    सार्वजनिक गरिएका दुई पेन्टहरूमध्ये ‘एक्सेल इभरलास्ट १२’ मा १२ वर्ष सम्मको वारेन्टी दिइएको छ। कुनै पनि बहुराष्ट्रिय कम्पनीद्वारा नेपालमा विक्री वितरण हुने आफ्ना उत्पादनमा १२ वर्ष सम्मको वारेन्टी दिइएको यो पहिलो पटक हो। 

    इम्प्रेसन्स इको–क्लिन’ पेन्टमा ‘सुपर लक्जरी फिनिश’ र  वातावरणलाई असर गर्ने कुनै रसायन नभएको र यसबाट हानिकारक गन्ध पनि नआउने हुनाले, घरभित्र लगाउन यो पेन्ट अत्यन्तै सुरक्षित रहेको कम्पनीले जनाएको छ। 

    पेन्ट्स सार्वजनिक कार्यक्रममा पेन्टको टेलिभिजन विज्ञापनको पनि पहिलोपटक प्रदर्शन गरिएको थियो। 

    देशभरका अधिकृत विक्रेताहरूको भेला, उत्पादनबारे प्राविधिक जानकारी र रङ्गीन सांगीतिक माहोलसँगै कार्यक्रम भव्य रूपमा सफल भएको जनाइएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार