images
images

देश समृद्ध बनाउन माओवादी घटक मिल्नुपर्छ : महासचिव विप्लव

देश समृद्ध बनाउन माओवादी घटक मिल्नुपर्छ : महासचिव विप्लव

शनिवार, चैत २४ २०८०
शनिवार, चैत २४ २०८०
  • देश समृद्ध बनाउन माओवादी घटक मिल्नुपर्छ : महासचिव विप्लव
    images
    images

    अत्तरिया (कैलाली) / नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देश समृद्ध बनाउन माओवादी घटक मिल्नुपर्ने धारणा राखेका छन् । 

    सो पार्टी निकट युवा सङ्गठन  नेपालद्वारा आज धनगढीमा आयोजित पाँचौँ राष्ट्रिय सम्मेलनमा उनले विभिन्न घटकमा छरिएका माओवादी मिल्नुपर्ने बेला आएको बताउए।  

    “माओवादी मिल्नुपर्छ भन्ने झुपडी/झुपडी र घर/घरको आवाज छ । देश विकासका लागि माओवादी मिलिदिए हुन्थ्यो भन्ने जनताको चाहना छ”, उनले भने । उनले समाजवाद स्थापनाका लागि एक हुन आवश्यक रहेको बताए। 

    समाजवादी मोर्चालाई व्यापक बनाउन जरुरी रहेको बताउँदै उनले समाजवादी मोर्चामा एमाले पनि आओस् भन्ने आफ्नो चाहना रहेको बताए । 

    उनले देशका युवा निराश हुन नहुने बताउँदै देशका युवा निराशावादी नभइ आशावादी हुनुपर्ने बताए । 

    “जुन देशका युवा निराश हुन्छन् । त्यो देशका जनताले दुःख पाउँछन्”,  उनले भने, “हाम्रा देशका युवा निराश हुनुपर्दैन । दुई छाक टार्नकै लागि विदेशिनु पर्दैन”, उनले भने, “हामी यहीँ काम गर्न सक्छौँ । तराईको जमिनमा मात्रै खेती गर्ने हो भने छ/सात करोड मान्छेलाई खान पुग्छ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार