images
images

सशस्त्र प्रहरी बलद्वारा स्वास्थ्य शिविर संचालन, १६५ जनाले लिए निःशुल्क स्वास्थ्य जाँच

सशस्त्र प्रहरी बलद्वारा स्वास्थ्य शिविर संचालन, १६५ जनाले लिए निःशुल्क स्वास्थ्य जाँच

आइतवार, चैत २५ २०८०
आइतवार, चैत २५ २०८०
  • सशस्त्र प्रहरी बलद्वारा स्वास्थ्य शिविर संचालन, १६५ जनाले लिए निःशुल्क स्वास्थ्य जाँच

    काठमाडौँ / सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण बाराले जिल्लाको सिम्रौनगढ नगरपालिका २ खजानीमा निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर संचालन गरिएकोे छ ।

    images
    images

    सशस्त्र प्रहरी बलले पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१४ गण्डकस्थित मल्टि स्पेशयालिटी हस्पिटल वीरगंजको संयुक्त सहकार्यमा सीमावासी सँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत बारा जिल्लाको सिम्रौनगढ नगरपालिका २ खजानीमा निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर संचालन गरिएकोे हो । 

    सोही नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद कलवारको प्रमुख आतिथ्यमा चैत २४ गते सम्पन्न भएको स्वास्थ्य शिविरमा ९५ जना पुरुष र ७० जना महिला गरी जम्मा १ सय ६५ जनाले निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श लिएका थिए ।

    कार्यक्रममा नं. १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बहादुर सिंह, सिमा्रैनगढ नगरपालिकाका जनप्रतिनिधि लगायत स्थानीयबासीन्दाहरुको उपस्थिती रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार