images
images

छ वर्षीय आरभको एकल चित्रकला प्रदर्शन, १५ दिनमा कोरे २५ स्केच

छ वर्षीय आरभको एकल चित्रकला प्रदर्शन, १५ दिनमा कोरे २५ स्केच

आइतवार, चैत २५ २०८०
आइतवार, चैत २५ २०८०
  • छ वर्षीय आरभको एकल चित्रकला प्रदर्शन, १५ दिनमा कोरे २५ स्केच

    काठमाडौँ / युकेजीमा पढ्ने छ वर्षीय आरभ बन्धुले भर्खरै अक्षर चिन्दैँ छन् । अक्षरभन्दा बढी उनी चित्रका रेखा स्पष्ट र कलात्मक ढङ्गले उर्तान सिपाली छन् । हुने विरुवाको चिल्लो पात भने जस्तै, अहिलेदेखि नै आरभको चित्रकलामा भविष्य उज्ज्वल देखिन्छ ।

    images
    images

    आज नयाँ बानेश्वरस्थित एनबी सेन्टरको पहिलो तल्लामा उनको एकल चित्र प्रदर्शन भएको छ । घुमेर दृश्य अवलोकन गरी पेन्सिलले कोरिहाल्ने उनको स्वभावको परिणाम स्वरुप सानै उमेरमा एकल चित्रकला प्रदर्शन गर्न सम्भव भएको उनका बुवा भरतबन्दु थापाले बताए।

    भक्तपुर बस्ने आरभका अनुसार १५ दिनमा २५ वटा स्केच कोर्नुभएको छ । पशुपति तथा जानकी मन्दिर, जात्रा, शिव लिङ्गलगायत प्राकृतिक दृश्य उनले चित्रमा उतार्ने गर्छन् । आरभको कला नियाल्न बालबालिकादेखि बुढापाकासम्म झुम्मिएका थिए । भविष्यमा चित्रकार बन्ने उद्देश्य राखेका आरभ भन्छन्, “चित्र कोर्न पाउँदा खुसी मिल्छ ।”

    छोराको कलाप्रतिको रुची बुझेरै परिवारमा हौसला प्रदान गर्न एकल चित्रकला प्रर्दशनी राखिएको उनकी आमा गीताञ्जलीले बताइन्। “बालबालिकाको रुचीमा अभिभावक सहयोगी हुनुपर्छ”, उनले भनिन्, “हाम्रो थोरै हौसलाले धेरै प्रगति गर्न सक्छन् ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार