images
images

आठ महिनामा वाणिज्य बैंकहरुले कमायो ४२ अर्ब बढी नाफा, सर्वाधिक कमाउनेमा नबिल, अन्य कुन बैंकको कति ?

आठ महिनामा वाणिज्य बैंकहरुले कमायो ४२ अर्ब बढी नाफा, सर्वाधिक कमाउनेमा नबिल, अन्य कुन बैंकको कति ?

बिहिवार, चैत २९ २०८०
बिहिवार, चैत २९ २०८०
  • आठ महिनामा वाणिज्य बैंकहरुले कमायो ४२ अर्ब बढी नाफा, सर्वाधिक कमाउनेमा नबिल, अन्य कुन बैंकको कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को आठ महिनामा वाणिज्य बैंकहरुले ४२ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । 

    images
    images

    हाल संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको साउनदेखि फागुन मसान्तसम्ममा ४२ अर्ब ३० करोड मुनाफा आर्जन गरेका हुन् । 

    नाफामा नम्बर वान नबिललाई पछ्याउँदै ग्लोबल

    चालु आर्थिक बर्षको आठ महिनामा सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा नबिद बैंक रहेको छ भने दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेका छ । 

    फागुन मसान्तसम्ममा नबिल बैंकले ४ अर्ब ७२ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, ग्लोबल आइएमई बैंकले ३ अर्ब ४३ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

    अन्य कुन बैंकको नाफा कति ? 

    नबिल र ग्लोबल आइएमई बैंक पछि सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंकको तेस्रो नम्बरमा प्राइम कमर्सियल बैंक रहेको छ । यो बैंकले २ अर्ब ८८ करोड ७८ लाख रुपैयाँ नाफा आजृन गरेको छ ।

    यस्तै, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ८७ करोड ७६ लाख रुपैयाँ, नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ८० करोड ४५ लाख रुपैयाँ, एनआइसी एशिया बैंकले २ अर्ब ५४ करोड २४ लाख रुपैयाँ, एभरेष्ट बैंकले २ अर्ब २९ करोड ३४ लाख रुपैयाँ र स्टान्डर्ड चार्टड बैंकले २ अर्ब ८करोड ९६ लाख रुपैयाँ नाफा कमाएका छन् । 

    साथै, कृषि विकास बैंकले १ अर्ब ९७ करोड ६७ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ९४ करोड ८३ लाख रुपैयाँ, एनएमबि बैंकले १ अर्ब ९४ करोड ५२ लाख रुपैयाँ, लक्ष्मी बैंकले १ अर्ब ८२ करोड ६ लाख रुपैयाँ, सिद्धार्थ बैंकले १ अर्ब ६९ करोड ६५ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ६६ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

    त्यसैगरी, प्रभु बैंकले १ अर्ब ५१ करोड ४५ लाख रुपैयाँ, कुमारी बैंकले १ अर्ब ४२ करोड ४६ लाख रुपैयाँ, नेपाल बैंकले १ अर्ब २८ करोड २९ लाख रुपैयाँ, सिटिजन बैंकले १ अर्ब २२ करोड ६५ लाख रुपैयाँ, माछापुच्छे बैंकले १ अर्ब १६ करोड ४८लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार