चर्चित समाचार
  • तीन महिनाभित्र नेशनल लाइफका तीन अभिकर्ता एमडीआरटी बन्न सफल

    तीन महिनाभित्र नेशनल लाइफका तीन अभिकर्ता एमडीआरटी बन्न सफल

    शुक्रवार, चैत ३० २०८०
    शुक्रवार, चैत ३० २०८०
  • तीन महिनाभित्र नेशनल लाइफका तीन अभिकर्ता एमडीआरटी बन्न सफल

    काठमाडौँ / नेशनल लाइफ इन्स्योरेन्सबाट तीन महिनाभित्रै तीनजना अभिकर्ता एमडीआरटी–२०२५ बन्न सफल भएका छन् ।

    कम्पनीको विभिन्न शाखामा आबद्ध अभिकर्ता शशिकला तामाङ, नेत्रबहादुर राउत र विमल न्यौपानेले तीन महिनाभित्रै अभिकर्ताहरुको सर्वोच्च संस्था मिलियन डलर राउन्ड टेबल (एमडीआरटी)–२०२५ मा छनौट हुन सफल भएका हुन् ।

    एमडीआरटी–२०२५ को लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीले हार्दिक बधाइ तथा शुभकामना व्यक्त गरेको छ । 

    एमडीआरटी–२०२५ को लक्ष्य पूरा गर्ने अभिकर्ताहरुले आगामी ९ महिनाभित्र कोर्ट अफ द टेबल (सीओटी) र टप अफ द टेबल (टीओटी) को लक्ष्यसमेत पूरा गर्ने गरी बीमा व्यवसायलाई अगाडि बढाउने धारणा व्यक्त गरेका थिए ।

    एमडीआरटीमा तोकिएको प्रिमियमको ३ गुणा प्रिमियममा सीओटी र ६ गुणा प्रिमियममा टीओटी छनौट हुने प्रावधान छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार