images
images

पानस रेमिट अब निओ मनि ट्रान्सफरको नामबाट रिब्रान्ड हुँदै

पानस रेमिट अब निओ मनि ट्रान्सफरको नामबाट रिब्रान्ड हुँदै

शुक्रवार, चैत ३० २०८०
शुक्रवार, चैत ३० २०८०
  • पानस रेमिट अब निओ मनि ट्रान्सफरको नामबाट रिब्रान्ड हुँदै

    काठमाडौँ / पानस रेमिट अब निओ मनि ट्रान्सफरको नामबाट रिब्रान्ड हुने भएको छ । 

    images
    images

    परम्परागत रुपमा हुँदै आएको विप्रेषण सेवालाई नयाँ आयम दिदै न्युनतम लागतमा सेवा प्रदान गर्ने छिटो, भरपर्दो र सुरक्षित माध्यमको रुपमा काम गर्ने गरि निओ मनि ट्रान्सफर सञ्चालनमा आएको छ । यसअघि पानस रेमिटबाट सञ्चालन हुँदै आएको रेमिट्यान्स् कम्पनी अब निओ मनिट्रान्स्फरबाट सञ्चालनमा आएको हो । 

    एक दशक भन्दा लामो समय देखि विप्रेषण सेवामा कार्यरत रहेको पानस रेमिटले आफुलाई निओ मनि ट्रान्सफरको नाममा रिब्रान्ड गरेको छ । विदेशमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुले मेहनत गरेर कमाएको पैसालाई नयाँ प्रविधि र आधुनिक माध्यम प्रयोग गरि न्युनतम शुल्कमा छिटो, सुरक्षित, र भरपर्दाे तरिकाले आफन्तको माझमा पुर्याउने काम यस संस्थाले गरिरहेकोे छ ।

    निओ अर्थात नयाँ वा पुनर्जीवित रूप हो भने निओ मनि ट्रान्सफर नयाँ नाम मात्र नभइ, विप्रेषण सेवालाई आधुनिकरण, ग्राहक लक्षित भइ विश्वमै नयाँ सकारात्मक परिवर्तन ल्याउने एउटा भरपर्दाे अभियान हो ।

    निओ मनि ट्रान्सफरबाट विदेशमा रहनु भएका नेपालीहरुले डिजिटल माध्यमबाट पठाएको रकम केहि सेकेडमै बैंक खाता (लधुवित्त र सहकारी संस्थाहरु सहित) तथा वालेटमा प्राप्त गर्न सकिनेछ । त्यसै गरि पारम्पारिक माध्यम, नगद भुक्तानीबाट पठाइएको रकम पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ । 

    निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनाल ज्यूले भन्नु भयो, “नेपाली समुदायको सेवा गर्न निओ मनि ट्रान्सफरलाई अर्को अध्यायको रूपमा प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौं । हाम्रो नयाँ पहिचान, गति र किफायती क्षमताको लागि प्रतिबद्धताको साथ, आप्रवासी नेपालीको लागि रेमिट्यान्स अनुभवलाई पुनः परिभाषित गर्ने लक्ष्य राख्दै, उनीहरूलाई सरल तथा न्युनतम लागतमा सेवा प्रदान गर्नेछौँ । डिजिटल रेमिटेन्स किफायती हुनुको साथै यो छिटो र सुरक्षित भएको हुनाले हामी हाम्रा सेवाग्राहीहरुलाई डिजिटल माध्यम नै प्रयोग गर्न प्राथमिकता दिन्छौँ र दिनेछौँ ।”

    डिजिटल रेमिटेन्स भनेकोे सेवाग्राहीको बैंक खाता तथा वालेट आइडीमा सिधै रकम भुक्तानी गर्ने माध्यम हो । यसले पैसा पठाउदा लाग्ने खर्च घटाउन निकै ठूलो योगदान दिन्छ ।  विश्व बैंकले गरेको अध्ययनमा सन् २००९ मा कस्ट अफ मुभिङ फन्ड १० प्रतिशत रहेको थियो भने अहिले सन् २०२३ को अध्ययनमा यो ६.१८ प्रतिशत मा झरेको छ । 

    दीगो विकास लक्ष्यले सन् २०३० सम्म ३ प्रतिशतमा झार्ने उद्देश्य लिएको छ र यो पारम्पारिक रेमिटेन्सलाई डिजिटल माध्यममा परिवर्तन गरिसकेपछि मात्र सम्भव हुनेछ । यहि लक्ष्यलाई निओ मनि ट्रान्सफरले समर्थन गर्दै देशमा सक्दो डिजिटल रेमिटेन्स भित्र्याउने उद्देश्य लिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार