images
images

कुमारी बैङ्कको नयाँ वर्षको अफर, भाग्यशाली एक ग्राहकले आइफोन १५ जित्ने मौका

कुमारी बैङ्कको नयाँ वर्षको अफर, भाग्यशाली एक ग्राहकले आइफोन १५ जित्ने मौका

शनिवार, बैशाख १ २०८१
शनिवार, बैशाख १ २०८१
  • कुमारी बैङ्कको नयाँ वर्षको अफर, भाग्यशाली एक ग्राहकले आइफोन १५ जित्ने मौका

    काठमाडौँ / कुमारी बैङ्कले आफ्ना ग्राहकहरूका लागि डिजिटल बैङ्किङ्ग अनुभवको अभिवृद्धि गर्नेका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा नयाँ अभियान ‘नयाँ वर्ष २०८१ जितौ आइफोन १५ एकास्सी’ सुचारु गरेको छ । 

    images
    images

    यस अभियान अन्तर्गत कुमारी बैङ्कका नयाँ तथा पुराना ग्राहकहरूले कुमारी स्मार्ट एप प्रयोग गरी ५ सय रुपैयाँको टपअप र कुनै पनि एउटा डाटा प्याक खरिद गर्दा एक भाग्यशाली ग्राहकले ब्रान्ड न्यु आइफोन १५ जित्न सक्नुहुनेछ । 

    यस अभियानमा सहभागी हुनका लागि ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैङ्किङ्गमा दर्ता गर्न सक्नुहुनेछ । साथै यो अभियानको अवधि वैशाख १ देखि वैशाख ३१ सम्म रहेको छ । 

    नेपाली वित्तीय बजारमा आधुनिक बैङ्किङ्ग सेवाहरू उपलब्ध गराउने उद्देश्यले कुमारी बैङ्क २०५७ चैत २१ गतेबाट बैङ्किङ्ग कारोबार सुरु गर्दै नेपालको पन्ध्रौँ वाणिज्य बैङ्कको रूपमा अस्तित्वमा आएको हो ।

    कुमारी बैङ्कले ३०२ शाखा, ५० वटा एक्सटेन्सन काउन्टर र ६७ वटा शाखारहित बैङ्किङ्ग एकाइहरूसहित देशका विभिन्न शहरी, अर्धशहरी तथा ग्रामीण भेगमा अवस्थित ४१६ पोइन्टहरूमार्फत आधुनिक बैङ्किङ्ग सेवाहरू उपलब्ध गराउँदै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार