images
images

होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४ सम्पन्न , टेक्निसियनहरू पुरस्कृत

होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४ सम्पन्न , टेक्निसियनहरू पुरस्कृत

आइतवार, बैशाख २ २०८१
आइतवार, बैशाख २ २०८१
  • होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४ सम्पन्न , टेक्निसियनहरू पुरस्कृत

    काठमाडौँ / होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरूका लागि होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४ सम्पन्न भएको छ ।  कम्पनीले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरूका सिप र दक्षता अभिवृद्धि गर्ने र बिक्रीपछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उद्देश्यका साथ होण्डा टेक्निसियन स्किल कन्टेस्ट सञ्चालन गरेको हो ।

    images
    images

    उक्त कन्टेस्टमा एस.टि.सि वर्कशप टेकुका प्रलाद दाहालले प्रथम पुरस्कार प्राप्त गरे । त्यसैगरी ओम सत्य साही अटो सिटि प्रा.लि इटहरीका गजेन्द्र बुढाथोकी द्वितीय र एस.टि.सि वर्कशप कोहलपुरका सन्तोष अर्जेलले  तृतिय पुरस्कार प्राप्त गरे । 

    नगद पुरस्कार को रासी प्रथम हुनेले ५० हजार, द्वितीयले ३० हजार र तृतियले २० हजार साथै सबै सहभागी हरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।  नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रिय अध्यक्ष प्रदिप घिमिरे तथा स्याकार ट्रेडिङका विभिन्न डिभिजन प्रमुखहरूको उपस्थितिमा सो कार्यक्रम चैत २८ गते होण्डाको ट्रेनिङ सेन्टर .ग्वार्को ललितपुरमा सम्पन्न भएको हो ।

    प्रतियोगिता अवधिभर होण्डा जापानले उपलब्ध गराएको मार्ग निदेशन अनुशार टेक्निसियनहरू होण्डा स्टयान्डर्ड प्रोसिडयुअर अन्तर्गत रहेर प्रतियोगितामा सहभागी भएका थिए । 
    नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीअन्तर्गत सर्भिस डिभिजनको अगुवाइमा विभिन्न ५ वटा क्षेत्रीय प्रतियोगिता सम्पन्न गरी प्रत्येक क्षेत्रबाट २÷२ जना छनोट गरि राष्ट्रिय  स्तरको प्रतियोगितामा  सञ्चालन गरिएको थियो । 

    News honada.jpg

    स्याकार ट्रेडिङ कम्पनीले विगत केही वर्षदेखि यस प्रकारको कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको बताएको छ । यस प्रकारको प्रतियोगिताबाट सहभागी टेक्निसियनहरूको कार्यदक्षता अभिवृद्धि हुनुको साथै आउँदो दिनमा अझै कार्यकुशलताका साथ अघि बढ्न उत्प्रेरणा मिल्ने विश्वास गरिएको कम्पनिको भनाई छ ।  

    होण्डाका मो.सा तथा स्कुटर नेपाली हरू माझ लोकप्रिय बनाउन टेक्निसियनहरूको महत्त्वपूर्ण भूमिका रहेको र टेक्निसियनहरूको सिप तथा ज्ञानको उचित प्रयोग गरी आगामी दिनमा नेपाली ग्राहकलाई अझ उच्च स्तरको सेवा पुर्याउन यस किसिमको प्रतियोगिता कोशेढुङ्गा हुने स्याकार ट्रेडिङ कम्पनीका सर्भिस् जेनेरल मेजेर सिताराम न्यौपानेले बताए ।
    उक्त कार्यक्रममा पाँचै प्रदेशका उत्कृष्ट टेक्निसियनहरूको अलावा काठमाडौँ उपत्यकाभित्रका धेरै जसो डिलरहरूको समेत उपस्थिती रहेको थियो ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार