images
images

प्रभु बैंकको तेस्रो त्रैमासिक वित्तीय विवरणः १ अर्ब ८१ करोड खुद नाफा, अन्य सूचकमा प्रगति कति ?

प्रभु बैंकको तेस्रो त्रैमासिक वित्तीय विवरणः १ अर्ब ८१ करोड खुद नाफा, अन्य सूचकमा प्रगति कति ?

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • प्रभु बैंकको तेस्रो त्रैमासिक वित्तीय विवरणः १ अर्ब ८१ करोड खुद नाफा, अन्य सूचकमा प्रगति कति ?

    काठमाडौँ / चालू आर्थिक बर्ष २०८०/८१ को तेस्रो तैमाससम्म प्रभु बैंक लिमिटेडले १ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

    images
    images

    बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चैत मसान्तसम्ममा प्रभु बैंकले १ अर्ब ८१ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको हो । 

    उक्त नाफा गत आवको सोही अवधिको तुलनामा भने ७.२७ प्रतिशतले कम हो । गत वर्षको चैत मसान्सम्म बैंकले १ अर्ब ९५ करोड ४६ रुपैयाँ खुद नाफा कमाएको थियो । 

    यस्तै, चैत मसान्तसम्म बैंकले ८ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत बर्षको सोही अवधीको तुलनामा २६.३२ प्रतिशतले धेरै हो । गत वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ६८ करोड १४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

    तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार वितरणयोग्य नाफा १६ करोड ६५ लाख ४७ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा १८ करोड २९ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक थियो ।

    चैत मसान्तसम्म बैंकले ८ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ६८ करोड १४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

    यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १० अर्ब १९ करोड १३ रुपैयाँ र सञ्चालन नाफा ३ अर्ब ५७ करोड २७ रुपैयाँ रहेको छ । गत आर्थिक बर्षमा यस्तो आन्दानी र नाफा क्रमशः ८ अर्ब १४ करोड १४ लाख र २ अर्ब ७१ करोड ९४ लाख रुपैयाँ रहेको थियो । 

    समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपैयाँ र जगेडा कोष ९ अर्ब ८६ करोड रुपैयाँ छ । चैतसम्म बैंकले २ खर्ब ७८ अर्ब निक्षेप संकलन गरी २ खर्ब २९ अर्ब कर्जा लगानी गरेको छ ।

    बैंकको तथ्याङ्क अनुसार खराब कर्जा ४.८१ प्रतिशत पुगेको छ । गत वर्षको चैतमा खराब कर्जा ३.४८ प्रतिशत थियो । चैत मसान्तसम्म आइपुग्दा बैंकको प्रतिशेयर आम्दानी १० रुपैयाँ २६ पैसा र प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ६ पैसा रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार