images
images

तेस्रो त्रैमासमा एनआईसी एशिया बैंकको नाफा ५२.३१ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ?

तेस्रो त्रैमासमा एनआईसी एशिया बैंकको नाफा ५२.३१ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ?

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • तेस्रो त्रैमासमा एनआईसी एशिया बैंकको नाफा ५२.३१ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ?

    काठमाडौँ / एनआईसी एशिया बैंक लिमिटेडको खुद नाफा चालू आर्थिक बर्ष २०८०/८१ को चैत मसान्तसम्ममा ५२.३१ प्रतिशतले घटेको देखिएको छ । 

    images
    images

    गत आर्थिक बर्षको ९ महिनामा चार अर्ब एक करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको एनआईसी एशियाले समीक्षा अवधिमा भने १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ मात्रै नाफा कमाउन सफल भएको हो । अघिल्लो बर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा यस बैंकको नाफा २ अर्ब १० करोड १ लाख रुपैयाँले कम हो । 

    यस्तै, बैंकको इम्पेरिमेन्ट चार्ज दुई अर्ब १४ करोड रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जा ०.८५ प्रतिशतबाट बढेर ३.०८ प्रतिशत पुगेको छ । 

    चुक्ता पूँजी १४ अर्ब ९१ करोड रुपैयाँ पुर्याएको यस बैंकको जगेडा कोषमा १५ अर्ब ७३ करोड रुपैयाँ सञ्चित छ । 

    चैत मसान्तसम्ममा बैंकले ३ खर्ब २७ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । 

    यस्तै, बैंकमा निक्षेप अघिल्लो वर्षको तुलनामा ५.०७ प्रतिशत र ऋण ५.८९ प्रतिशतले बृद्धि भएको छ ।

    समीक्षा अवधीमा बैंकको प्रतिशेयर आम्दानी १७.१२ रुपैयाँ रहेको छ । त्यस्तै पिई रेसियो २२.८५, नेटवर्थ २०५.४७ रुपैयाँ रहेको छ ।

    बैंकको सिडी रेसियो ८५.८१ प्रतिशत, बेस रेट ८.८६ र ब्याजदर अन्तर ३.९९ प्रतिशत रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार