images
images

कामना सेवा विकास बैंकको नाफा ८.४० प्रतिशतले बढ्यो, कस्ता छन् मुख्य सूचकहरु ?

कामना सेवा विकास बैंकको नाफा ८.४० प्रतिशतले बढ्यो, कस्ता छन् मुख्य सूचकहरु ?

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • images
    images
    कामना सेवा विकास बैंकको नाफा ८.४० प्रतिशतले बढ्यो, कस्ता छन् मुख्य सूचकहरु ?
    images
    images

    काठमाडौँ / कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। 

    images
    images

    विवरण अनुसार कम्पनीको नाफा ८.४० प्रतिशतले बढेर ३३ करोड १३ लाख ६३ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ३० करोड ५६ लाख ७९ हजार रुपैयाँ रहेको थियो ।

    यस्तै, बैंकको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ४५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५२ करोड रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

    यसअवधिमा कम्पनीको संचालन नाफा २.९२ प्रतिशतले बढेर ५४ करोड ६ लाख रुपैयाँ र कुल सञ्चालन आम्दानी २.६६ प्रतिशतले बढेर १ अर्ब ७४ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।

    ३ अर्ब २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ८१ करोड रुपैयाँ सञ्चित छ। समिक्षा अवधिमा बैंकले निक्षेप संकलन ५७ अर्ब २७ करोड रुपैयाँ र कर्जा लगानी ४५ अर्ब ३५ करोड रुपैयाँ गरेको छ।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५० पैसा बढेर १३ रुपैयाँ ४७ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २६.५१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ३४ पैसा रहेको छ।

    सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २८ करोड ७३ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६८ पैसा रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार