images
images

कुमारी बैङ्कद्वारा परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत १० लाख रुपैयाँको बिमा रकम भुक्तानी

कुमारी बैङ्कद्वारा परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत १० लाख रुपैयाँको बिमा रकम भुक्तानी

आइतवार, बैशाख ९ २०८१
आइतवार, बैशाख ९ २०८१
  • images
    images
    कुमारी बैङ्कद्वारा परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत १० लाख रुपैयाँको बिमा रकम भुक्तानी
    images
    images

    काठमाडौँ / कुमारी बैङ्क लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाता धारकलाई १० लाख रुपैयाँको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ । खाता धारकको परिवारको तर्फबाट कावासोती न.पा. वडा नं २ निवासी निज खाता धारक लक्ष्मी पाण्डे र निजको श्रीमान विश्वनाथ पाण्डेलाई संयुक्त रूपमा रकम हस्तान्तरण गरिएको थियो । 

    images
    images

    उक्त रकम कुमारी बैङ्कको कावासोती शाखाबाट हस्तान्तरण गरिएको थियो । नेको इन्स्योरेन्स लिमिटेडबाट बिमा दावी रकम प्राप्त भइ कुमारी बैङ्कमार्फत सो रकम भुक्तानी गरिएको थियो ।   

    कुमारी बैङ्कले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बिमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावालासहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँसम्मको बिमा सुविधा प्राप्त गर्न सकिन्छ । 

    सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पूर्ण शारीरिक अशक्तता, चिकित्सा उपचार र घातक रोगहरूका लागि बिमा सुविधा प्रदान गरिन्छ । कुमारी बैङ्कले विगत ४ वर्ष देखि ग्राहकहरूको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजना मार्फत बिमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ ।

    विगत २३ वर्ष देखि निरन्तर बैङ्किङ्ग सेवा दिदै आएको कुमारी बैङ्कले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६७ शाखारहित बैङ्किङ्ग इकाइहरूमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार