images
images

९ महिनामा भित्रियो साढे १७ अर्ब बराबरको ७ हजार ९३ विद्युतीय गाडी, कुन क्षमताका कति ?

९ महिनामा भित्रियो साढे १७ अर्ब बराबरको ७ हजार ९३ विद्युतीय गाडी, कुन क्षमताका कति ?

आइतवार, बैशाख ९ २०८१
आइतवार, बैशाख ९ २०८१
  • images
    ९ महिनामा भित्रियो साढे १७ अर्ब बराबरको ७ हजार ९३ विद्युतीय गाडी, कुन क्षमताका कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को ९ महिनामा ७ हजार ९३ युनिट विद्युतीय गाडी आयात भएको छ । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको साउनदेखि चैत मसान्तसम्ममा १७ अर्ब ४९ करोड ४९ लाख ६९ हजार रुपैयाँ बराबरको ७ हजार ९३ युनिट विद्युतीय गाडी आयात भएको हो । उक्त गाडी आयात हुँदा ७ अर्ब ७८ करोड २१ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

    गत आर्थिक बर्ष २०७९/८० मा जम्मा ५ अर्ब ३२ करोड ५ लाख ५० हजार मूल्यको १ हजार ८ सय ७ युनिट विद्युतीय गाडी आयात भएको थियो । उक्त गाडी आयात हुँदा १ अर्ब ४३ करोड ९२ लाख ३ हजार राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ ।

    यता, चालु आर्थिक बर्षको चैतमा ६ सय ५८ युनिट विद्युतीय गाडी आयात भएको विभागको तथ्यांक छ । बजेटको मध्यावधिक समीक्षा अगाडि पुस र माघमा विद्युतीय गाडी आयात बढेको थियो । फागुनमा घटेको विद्युतीय गाडीको आयात चैतमा भने केही सुधार देखिएको छ ।

    चालु आर्थिक बर्षको ९ महिनामा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट क्षमताका गीडि आयात भएका छन् । ५१ देखि १०० किलोवाट  ११ अर्ब ४६ करोड ९८ लाख ९२ हजार मूल्य बरारबको ४ हजार ७७ युनिट विद्युतीय गाडी आयात भएको भन्सार विभागले जनाएको छ ।

    ५० किलोवाटसम्म क्षमता भएका २ हजार ९०२ युनिट गाडी आयात भएका छन् । ५ अर्ब ४० करोड २९ लाख ८८ हजार मूल्यका उक्त गाडी अयात भएका हुन् । 

    १०१ देखि २०० किलोवाटसम्मका ४६ करोड ८८ लाख ३१ हजार मूल्यका ९३ वटा गाडी आयात भएका हुन् ।  यस्तै २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मका १५ करोड ३२ लाख ५८ हजार मूल्यको २१ वटा विद्युतीय गाडी आयात भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार