images
images

अर्घाखाँचीको धारापानीमा भीषण आगलागी, ४३ घर गोठ जले

अर्घाखाँचीको धारापानीमा भीषण आगलागी, ४३ घर गोठ जले

आइतवार, बैशाख ९ २०८१
आइतवार, बैशाख ९ २०८१
  • अर्घाखाँचीको धारापानीमा भीषण आगलागी, ४३ घर गोठ जले

    अर्घाखाँची / अर्घाखाँचीका विभिन्न स्थानमा शनिबार भएको आगलागीका कारण ४३ घर गोठ जलेर नष्ट भएका छन् । 

    images
    images

    आगलागीका कारण २० वटा घर, २३ गोठ, ११ बाख्रा र छ भैंसी जलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दीपेन्द्र रावलले जानकारी दिए । 

    भूमिकास्थान नगरपालिका वडा नम्बर ३ र ४ धारापानीमा हिजो भएको आगलागीमा २३ घरगोठ जलेका थिए । 

    नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्क, फलामखिल्जी लगायतका गाउँको आगलागीले १३ घर र १० घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलले बताए । 

    उनका अनुसार बस्तीमा लागेको आगो नियन्त्रणमा आए पनि वनमा लागेको आगो भने अझै नियन्त्रणमा आएको छैन ।

    आगलागीबाट पाणिनी  गाउँपालिकामा दुई वटा घर र पाँच वटा गोठ जलेका छन् । शितगङ्गा नगरपालिका वडा नम्बर ६ र १२ भेडामारे, डोहोटे, गल्डुङ्गलगायतका स्थानमा डढेलोले पाँच घर र आठ गोठ जलेर नष्ट भएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार