images
images

नेता–कार्यकर्ता संवादको थलो बन्यो एमाले परिषद् बैठक

नेता–कार्यकर्ता संवादको थलो बन्यो एमाले परिषद् बैठक

आइतवार, बैशाख ९ २०८१
आइतवार, बैशाख ९ २०८१
  • नेता–कार्यकर्ता संवादको थलो बन्यो एमाले परिषद् बैठक

    काठमाडौँ / नेता र कार्यकर्ताबिच पर्याप्त संवादको अवसर नपाइएको गुनासो आइरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक त्यसका लागि एक उपयुक्त थलो सावित भएको छ । 

    images
    images

    परिषद् बैठकका प्रतिनिधिहरूले संवादको सकारात्मक थालनी भएकाले यसलाई नियमित र व्यवस्थित गर्नाका साथै आएका सुझावलाई योजनाबद्धरुपमा कार्यान्वयनमा जोड दिएका छन् । 

    प्रायः कार्यकर्ताले गुनासो गर्दै आएका र पार्टीभित्र र बाहिरबाट उठ्ने विषयलाई एमालेको नेतृत्वले ती विषयलाई कसरी सम्बोधन वा व्यवस्थापन गर्ने भनेर परिषद् बैठकका सदस्यसँग औपचारिकरुपमा सुझाव मागेको थियो । 

    पार्टी सुदृढीकरणका लागि नेतृत्वले राखेका छ वटा प्रश्नलाई आधार बनाएर समूहगत छलफलमा प्रतिनिधिले खुलेर कुरा राखेका छन् । उनीहरूले आफ्ना भाषा, अनुभव र शैलीमा जवाफ दिएका छन् । पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र आम प्रतिनिधि समूहमा रहेर यस प्रकारको छलफल एमालेले पहिलो पटक सञ्चालन गरेको थियो । 

    विगतमा यस्ता महाधिवेशनहरूमा केन्द्रीय तह, प्रदेश तह र जनसङ्गठनका अलग समूहमा छलफल हुने गरेकामा यसपटक मिश्रण गरी समूह बनाइएको थियो । पार्टीलाई शुद्धीकरण र सुदृढीकरण गर्दै निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरणका लागि चाल्नुपर्ने कदमबारे नेतृत्वले मागेको सुझावमा प्रतिनिधिहरूले घनीभूत छलफल गरी सुझाव दिएका छन् । 

    बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा पार्टी सदस्यता वितरण, नवीकरण र परीक्षण, प्रतिनिधि छनोट, अधिवेशन र नेतृत्व चयन, कमिटी सञ्चालन, चेन अफ कमाण्ड र कार्यकर्ताको (मूल्याङ्कन), कार्यशैली, जीवनशैली र कार्यकर्ताको आचरण, आर्थिक–सामाजिक रूपान्तरण र जनचासोका विषयको सम्बोधन र निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने सम्बन्धमा व्यापक छलफलसहित सुझावको अपेक्षा गरिएको थियो । 

    महाधिवेशन प्रतिनिधि परिषद् सदस्य एवं एमालेको सङ्खुवासभा जिल्ला अध्यक्ष खड्ग राईले छलफलमा आधारभूत तहबाट कुरा आएको बताउँदै ती विषयलाई पार्टीले मनन गरेर योजना बनाएर कार्यान्वयन गर्ने हो भने निर्णायक शक्ति बनाउन सकिने प्रतिक्रिया दिए । 

    उनले पार्टी जीवनलाई जनमुखी र पारदर्शी बनाउन नेता र कार्यकर्ताका जीवनशैली सुधार हुनुपर्नेलगायत सुझाव आएको जानकारी दिए । काभ्रेपलाञ्चोकका महाधिवेशन प्रतिनिधि एवं पूर्व सांसद नवीना लामाले कार्यकर्ताले दिएका सुझाव र उत्तरलाई पार्टी नेतृत्वले सम्बोधन गरेर मापदण्ड बनाउनुपर्छ भने भनाइ राखे । 

    “त्यो भएमा पार्टीमा विधि बन्छ । पार्टीभित्र भएका आर्थिक अनियमितता, नेतृत्वको गलत आचरण, शैली र पार्टीभित्र हुने आन्तरिक गुटबन्दी अन्त्यका उपायहरु हामीले सुझाएका छौँ । यसको सही रुपमा कार्यान्वयन भएमाले एमाले राष्ट्रिय र बलियो शक्ति बन्नमा सहजता हुनेछ”, उनले भने । 

    महाधिवेशन प्रतिनिधि परिषद् सदस्य एवं राष्ट्रिय जन सांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले समूहगत छलफलमा आएका सुझावले पार्टीमा निकै राम्रो परिणाम दिने गरी सुधार हुने विश्वास व्यक्त गरे । 

    “पार्टीभित्र प्रश्न गर्नुपर्ने अवस्था नेतृत्वबाटै आएको हो । विगतमा उठेकै हुन् तर अहिले पार्टीको वैधानिक मञ्चमा नेतृत्वले सुन्ने गरी सुझाव दिन पाइएको छ । यो उपयुक्त अवसर सावित भएको छ”, उनले भने । 

    उनले पार्टीमा साधारण सदस्यता हाल कायम रहेको भन्दा दस गुणा बढाउन पनि सुझाव आएको बताए । महाधिवेशन प्रतिनिधि परिषद् सदस्य मीनबहादुर शाहीले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित बनाउने तथा नीति, विधि र पद्धतियुक्त पार्टी बनाउन छलफलले सघाउने बताए । “नेतृत्वले कार्यकर्तासँगको संवाद नियमित र व्यवस्थित बनाउनुपर्छ । 

    यो छलफलले त्यसको थालनी गरेको छ । नेता र कार्यकर्ताबिच दोहोरो संवाद भएको छ । यसले पार्टी जीवनको लोकतान्त्रिकीकरणलाई योगदान दिन सक्नेछ ।’’ ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनका साथै महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनमाथि छलफल भएको हो । 

    लोकतान्त्रिक भित्तोमा पनि आए सुझाव दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी परिषद् बैठकमा एमालेले समूहगत छलफलका साथै व्यक्तिगत र लिखितरुपमा थप विचार÷सुझाव दिन चाहने प्रतिनिधिका लागि लोकतान्त्रिक भित्तोको व्यवस्था गरिएको व्यवस्था गरेको थियो । 

    सो पार्टीका केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार खुल्ला खुलस्तरुपमा उक्त भित्तोमा पनि लिखित सुझाव आएकाले त्यसलाई अध्ययन गरी नेतृत्वले आवश्यकताका आधारमा प्रतिवेदनमा समावेश गर्नेछ । इलाम र बझाङमा यही वैशाख १५ गते उपनिर्वाचन भएकाले त्यस क्षेत्रका प्रतिनिधि भने कम उपस्थिति भएको जनाइएको छ ।

    – प्रकाश सिलवाल, रासस 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार