images
images

कर्णालीमा ‘संस्कृतिको उत्सव’ सुरु, अध्ययन गर्नुपर्ने थुप्रै पुस्तक कर्णालीमा छन : प्रदेश प्रमुख परियार

कर्णालीमा ‘संस्कृतिको उत्सव’ सुरु, अध्ययन गर्नुपर्ने थुप्रै पुस्तक कर्णालीमा छन : प्रदेश प्रमुख परियार

मंगलवार, बैशाख ११ २०८१
मंगलवार, बैशाख ११ २०८१
  • कर्णालीमा ‘संस्कृतिको उत्सव’ सुरु, अध्ययन गर्नुपर्ने थुप्रै पुस्तक कर्णालीमा छन : प्रदेश प्रमुख परियार

    सुर्खेत / कर्णालीमा पहिलो पटक ‘संस्कृतिको उत्सव’ सुरु भएको छ । ‘खस भूमिमा लेखन र पठन संस्कृति’ को विकास गर्ने उद्देश्यसहित उक्त उत्सवको सुरुवात गरिएको हो । कार्यक्रमको उद्घाटन कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले गरेका छन्।

    images
    images

    उद्घाटन कार्यक्रमका बोल्दै परियारले कर्णालीको विगत गौरवपूर्ण रहेको बताए। योगी नरहरीनाथको जन्म भएको प्रदेश भएकाले यहाँ अध्ययनका लागि थुप्रै पुस्तकहरुको जन्म उनीबाट भएको कुरा उल्लेख गर्दै उनले भने, ‘उहाँले थुप्रै किताबहरु लेख्नुभएको छ, उहाँसँग मेरो पहिलो भेट ०३५ सालमा दिल्लीमा भएको थियो,त्यहाँ भएको पहिलो भेटमै प्रभावित भएको थिएँ।’

    योगी नरहरीनाथले त्योबेला कर्णालीको इतिहास र अवस्थाको विषयमा जानकारी गराएको परियारले बताए । ‘उहाँ विद्धान, दुरदृष्टि राख्ने व्यक्ति हुनुहुन्थ्यो,’ उनले भने, ‘कुनै पनि चिजको हजार माइल यात्रा सुरु गर्दा जिरोबाट सुरु हुन्छ, कुनै बेला योगी नरहरीनाथले लेखन र पठन संस्कृतिको सुरुवात गर्नु भएको थियो।’

    लेख्ने, पढ्ने, सोच्ने कुरालाई नयाँ तरिकाले विकास गर्ने कुरामा जोड दिएर अघि बढ्नुपर्ने उनले बताए।
    कर्णाली रिडर्स सोसाइटीद्धारा सञ्चालित कार्यक्रम कर्णालीको भाषा, साहित्य तथा संस्कृतिको विकास गर्ने उद्देश्यसहित सञ्चालन गरिएको हो ।

    उत्सवमा योगी नरहरीनाथदेखि कर्णालीको इतिहासका विषयमा लेखिएका पुस्तकहरू प्रद्धशनीमा राखिएको छ । कर्णालीका विषयमा लेखिएका करिब ५ सय पुराना पुस्तकहरू संकलन गरिएको कार्यक्रमका संयोजक डाक्टर नवराज केसीले बताए । उत्सवमा देशभरका साहित्यकार, कवि, विद्धान लेखकहरूको उपस्थिति रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार