images
images

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीको बचत फिर्ता गरिनेछ : गृहमन्त्री रवि लामिछाने

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीको बचत फिर्ता गरिनेछ : गृहमन्त्री रवि लामिछाने

मंगलवार, बैशाख ११ २०८१
मंगलवार, बैशाख ११ २०८१
  • अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीको बचत फिर्ता गरिनेछ : गृहमन्त्री रवि लामिछाने

    काठमाडौँ / उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिने बताएका छन् । इलामको चुलाचुलीमा आज आयोजित चुनावी सभामा बोल्दै मन्त्री लामिछानेले नीति ल्याएर, कानुन बनाएर वा संशोधन गरेर भए पनि जनताको पैसा फिर्ता हुने वातावरण सरकारले बनाउने बताएका हुन् । 

    images
    images

    “सरकारले गृहकार्य गरिरहेको छ, प्रधानमन्त्रीसँग नियमित छलफलमा छु, अध्यादेशबाट कानून ल्याएर भएपनि जनताको बचत फिर्ता गरिन्छ” लामिछानेले भने “सञ्चालकको जायजेथा बिक्रि गर्न कानून अभाव भनिएको छ, यदि हो भने कानुन बनाएर भए पनि तिनको सम्पत्तिबाट बचत फिर्ता गर्ने क्रमको सुरुआत हुन्छ।”   

    रास्वपाका सभापति समेत रहेका लामिछानेले रास्वपालाई रोक्न नसकिए आफ्नो दिन सकिने ठानेर नै पूराना दलहरुले आफूहरुलाई घेराबन्दी गर्न थालेको तर त्यसलाई तोडेर छोड्ने दृढता व्यक्त गरे । अहिलेसम्म जसजसले जनतालाई झुक्याए पनि अब नसक्ने भन्दै लामिछानेले इलामलाई अहिलेसम्म झुक्याउनेलाई उपनिर्वाचनमा इलामले नराम्रोसँग झुक्याउने दाबी पनि गरे । 

    “इलाममा अहिलेसम्म कतिले झुक्याएर थाहा छैन, तर यसपटक इलामेली जनताले विवेक प्रयोग गरेर घण्टीमा भोट हालेर सबैलाई झुक्याउने छन्” उनले भने, “तर यो झुक्याइले देशभर परिवर्तनको लहर ल्याउने छ। र, त्यो लहरले २०८४ मा रास्वपाको एकलौटी विजय यात्रालाई कसैले रोक्न सक्दैन।” 
     
    पुराना दलले वर्षौसम्म आफ्ना समस्या समाधान नगरेको गुनासो गरिरहने नागरिकले फेरि पनि तिनलाई नै भोट दिने कि मत बदल्ने भन्ने प्रश्न गर्दै लामिछानेले भने “अब गुनासो गर्ने होइन, मन र मत बदल्ने हो। 

    पुरानै पार्टीमा बस्नुस्, भोट माग्न आउँदा हुन्छ पनि भन्नुस्। तर, मत घण्टीमा दिनुस्। परिवर्तनका लागि नागरिकले नै कदम अगाडि बढाउनु पर्छ। इलामले पनि अब परिवर्तनको घण्टी बजाउने बेला भइसक्यो।” 

    मौन अवधिमा मतदाताको विवेक र इमान खरिदको प्रयास हुने भन्दै लामिछानेने सचेत रहन आग्रह गरे । चुनावी सभामा रास्वपा उपसभापति स्वर्णिम वाग्लेले मत फेरेर आफु आवद्ध वा माया गर्ने दललाई सुर्धान दबाब बढाउन तथा राजनीतिको पुरानो प्रवृत्ति, शैली र पात्र परिवर्तन गर्न सुझाव दिए । 

    रास्वपाका उम्मेदवार मिलन लिम्बूले पुराना दलले वर्षौदेखि बाँड्दै आएको भ्रमबाट मुक्त भएर इलामेली मतदाताले आफूलाई रोजे उनीहरुको चाहना सम्बोधनमा समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार