images
images

इलाम–२ मा डकेन्द्र थेगिमलाई समर्थन गर्ने हाम्रो नेपाली पार्टी, लौरो अभियानको निर्णय

इलाम–२ मा डकेन्द्र थेगिमलाई समर्थन गर्ने हाम्रो नेपाली पार्टी, लौरो अभियानको निर्णय

मंगलवार, बैशाख ११ २०८१
मंगलवार, बैशाख ११ २०८१
  • इलाम–२ मा डकेन्द्र थेगिमलाई समर्थन गर्ने हाम्रो नेपाली पार्टी, लौरो अभियानको निर्णय

    काठमाडौँ / हाम्रो नेपाली पार्टी, लौरो अभियानले आगामी वैशाख–१५ गते हुन गइरहेको उपनिर्वाचनमा इलाम–२ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने भएको छ । 

    images
    images

    आज (मंगलबार) पत्रकार सम्मेलन गरी हाम्रो नेपाली पार्टीले अगामी उपनिर्वाचनमा इलाम–२ मा थेगिमलाई समर्थन गर्ने घोषणा गरेको हो । 
    हाम्रो नेपाली पार्टी, लौरो अभियानका प्रवक्ता रोहन कार्कीले इलाम–२ का लौरो अभियानका शुभचिन्तक र समर्थकलाई ‘मुढा’ चुनाव चिन्हमा मतदान गर्न अपिल गरे ।

    ‘अहिले हामीले डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने र इलाम क्षेत्र नम्बर २ मा हाम्रो नेपाली पार्टी लौरो अभियानका शुभचिन्तकले मुढा चुनाव चिन्हमा अत्याधिक मत दिएर विजयी गराउने हामीले निर्णय गरेका छौं,’– उनले भने । 

    दलहरुले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र देशमा कुशासन कायमै रहेको उनको भनाइ छ । ‘नेपाली कांग्रेस, एमाले र माओवादी हुँदै अहिले केही नयाँ भनिएका दलसम्म आइपुग्दाखेरी राजनीतिक दलहरुमा देखिएका जो कमिकमजोरी थियो, भ्रष्टाचार, कुसशान थियो । त्यो चिज अहिले पनि घटेको अवस्था छैन,’– प्रवक्ता कार्कीले भने । 

    आफूहरुले लौरोलाई स्वतन्त्रहरुको छत्रछायाँ बनाउन चाहेको उनको भनाइ छ । उनले आफूहरु दल भर्सेस स्वतन्त्र उम्मेदवारको लडाइँमा रहेको बताए । अहिलेदेखि नै ०८४ को पनि तयारी सुरु भइसकेको उनको भनाइ छ । 
    हाम्रो नेपाली पार्टी, लौरो अभियानका केन्द्रीय सदस्य विनोद बजगाईँले स्वतन्त्रहरुलाई नै साथ दिनुपर्छ भन्ने उद्देश्यले थिगिमलाई नै समर्थन गर्ने निर्णय गरेको बताए । 

    त्यसैगरी, अधिवक्ता स्वागत नेपालले हाम्रो नेपाली पार्टी, लौरो अभियानले सही समयमा सही निर्णय गरेको भन्दै प्रसंशा गरे । उनले इलाममा हाम्रो नेपाली पार्टीको धेरै शुभचिन्तक रहेको बताए । हाम्रो नेपाली पार्टीले उम्मेदवार थेगिमलाई दिएको समर्थन कोशेढुङ्गा सावित हुने उनको दाबी छ ।

    दलका उम्मेदवारलाई जिताएको खण्डमा संसद्मा आएर थपडी बजाउने भन्दा अरु कुनै काम नहुने उनले बताए । साथै, उनले जातजातिका कुरा गर्नेहरुलाई कुजातको संज्ञा दिए । क्षेत्री, ब्रामणहरुले पनि पहिचानवादी थेगिमलाई मतदान गर्नुपर्ने उनको भनाइ छ । एमाले, कांग्रेस र माओवादीले नेपालीको पहिचानमा धावा बोलेको उनको आरोप छ । 

    ‘क्षेत्री, ब्रामणहरुले हिजो आमा बुबाको किरिया बसेको बेला किरियापुत्रीको मुखमा मासु कोच्याइदिने यिनै एमाले, कांग्रेस र माओवादी हुन् । यिनीहरुले मेरो पहिचानमाथि धावा बोलेका छन्,’– उनले भने । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार