images
images

तेस्रो त्रैमाससम्म ३३.८९ प्रतिशतले बढ्यो सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा, प्रतिशेयर आम्दानी र खुद दाबी भुक्तानी कति ?

तेस्रो त्रैमाससम्म ३३.८९ प्रतिशतले बढ्यो सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा, प्रतिशेयर आम्दानी र खुद दाबी भुक्तानी कति ?

बिहिवार, बैशाख १३ २०८१
बिहिवार, बैशाख १३ २०८१
  • तेस्रो त्रैमाससम्म ३३.८९ प्रतिशतले बढ्यो सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा, प्रतिशेयर आम्दानी र खुद दाबी भुक्तानी कति ?

    काठमाडौँ / चालू आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २९ करोड ५४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । 

    images
    images

    कम्पनीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको चैत कसान्तसम्ममा सूर्यज्योति लाइफ इन्स्योरेन्सले २९ करोड ५४ लाख रूपैयाँ नाफा आर्जन गरेको हो । यो गत आर्थिक बर्षको सोही अवधीको तसलनामा ३३.८९ प्रतिशतले बढेको हो । 

    यस्तै, यस वर्ष कम्पनीको कुल आम्दानी ४४ प्रतिशतभन्दा बढी र कुल खर्च साढे ४४ प्रतिशतभन्दा बढी भएको छ । गत वर्ष ६ अर्ब १६ करोड रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष ८ अर्ब ८९ करोड रूपैयाँभन्दा बढी कल आम्दानी गरेको हो ।

    कुल खर्च भने गत वर्ष ५ अर्ब ९४ करोड रूपैयाँभन्दा बढी रहेकोमा यस वर्ष ८ अर्ब ६० करोड रूपैयाँभन्दा बढी भएको छ । गत वर्ष यस अवधिसम्म ४ अर्ब ५९ करोड रूपैयाँभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले यस वर्ष ६ अर्ब ३७ करोड रूपैयाँभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको हो ।

    खुद दाबी भुक्तानी रकम भने तेस्रो त्रैमाससम्म यस वर्ष ७ अर्ब १५ करोड रूपैयाँभन्दा बढी छ । गत वर्ष यस अवधिसम्म कम्पनीले ४ अर्ब ७२ करोड रूपैयाँभन्दा बढी खुद दाबी भुक्तानी गरेको थियो । यो रकम गत वर्षको तुलनामा यस वर्ष करिब ५२ प्रतिशत बढी हो ।

    हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार रूपैयाँ छ । ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने अवस्थामा कम्पनीले १० दशमलव २६ प्रतिशत बोनस शेयरमार्फत पूँजी बढाउन लागेको छ । 

    वैशाख २१ गते आयोजना गर्न लागेको कम्पनीको १६औं वार्षिक साधारण सभाले प्रस्तावित बोनस शेयरसँगै कर प्रयोजन समेतका लागि २४ दशमलव ७४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत पारित गर्नेछ । 

    कम्पनीको रिटर्न अर्निग १ अर्ब ६० करोड रूपैयाँभन्दा बढी रहेको छ भने अन्य सम्पत्ति १ अर्ब २ करोड रूपैयाँभन्दा बढी छ । 

    शेयर प्रिमियममा ३ करोड ७२ लाख रूपैयाँभन्दा बढी छ । तेस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानी ८ रूपैयाँ ६७ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १६६ रूपैयाँ ३१ पैसा छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार