images
images

गोविन्द नागिलाको ‘आमा तिमिलाई’मा शिल्पा पोखरेलको अभिनय (भिडियोसहित)

गोविन्द नागिलाको ‘आमा तिमिलाई’मा शिल्पा पोखरेलको अभिनय (भिडियोसहित)

बिहिवार, बैशाख १३ २०८१
बिहिवार, बैशाख १३ २०८१
  • गोविन्द नागिलाको ‘आमा तिमिलाई’मा शिल्पा पोखरेलको अभिनय (भिडियोसहित)

    काठमाडौं / नेपाली संगीत क्षेत्रमा माया प्रेमका गीत धेरै मात्रामा आइरहेका बेला फरक खालको पारिवारीक गीत आमा र आमा प्रतिको माया समेटिएको गीत ‘आमा तिमिलाई’ सार्वजनिक भएको छ । 

    images
    images

    छोरा, छोरी प्रतिको विभेद, अहिलेको समाजले छोरीलाई कसरी हेर्छ भन्ने विषयलाई यस गीतमा उजागर गर्न खोजिएको छ ।

    गोविन्द नागिलाको शब्द सृजनामा बनेको गीतमा विवि अनुरागीले संगीत भरेका छन । गीतमा शान्तीश्री परियारको आवाज रहेको छ । गीतलाई नागिला नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । 

    भिडियो उत्कृष्ट बनेको र नेपालको गाउँले परिवेशमा छायाँकन उक्त भिडियोमा छोरीले आमाको किरिया बसेको कथा बस्तु समेटिएकोको गीतका प्रस्तुतकर्ता गोविन्द नागिलाले बताएका छन् । 

    नागिलाका अन्य ३ वटा गीतहरु अडियो तयार भैसकेको अवस्थामा रहेको र यसलाई दर्शकहरुले मन पराइदिनु हुने अपेक्षा समेत रहेको उनले उल्लेख गरे ।

    उक्त गीतको भिडियोमा चर्चित नायिका शिल्पा पोखरेल लगाएका कलाकारको अभिनय रहेको छ । उत्सव दाहालको छायांकन विष्णु खड्काको सम्पादन तथा सुव्रतराज आचार्यको निर्देशन रहेको छ ।

    ‘आमा जस्तो निःस्वार्थ माया संसारमा कसैलेपनि दिन सक्दैन, त्यस कारण वृद्ध बाबा, आमालाई वृद्धाश्रम होइन मनको मन्दिरमा राखेर आदर साथ पुजा गरौं’ भन्ने सन्देश सहित उक्त गीत बजारमा आएको हो ।

    भिडियो हेर्नुहोस्

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार