images
images

सूर्यज्योति लाइफको १६औं वार्षिक साधारणसभा सम्पन्न, लाभांशसहित यी प्रस्तावहरू पारित

सूर्यज्योति लाइफको १६औं वार्षिक साधारणसभा सम्पन्न, लाभांशसहित यी प्रस्तावहरू पारित

शुक्रवार, बैशाख २१ २०८१
शुक्रवार, बैशाख २१ २०८१
  • सूर्यज्योति लाइफको १६औं वार्षिक साधारणसभा सम्पन्न, लाभांशसहित यी प्रस्तावहरू पारित
    images
    images

    काठमाडौँ / सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सूर्यज्योति लाइफको १६औं वार्षिक साधारणसभा आज वैशाख २१ गते विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएका हो । 

    साधारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष श्री केशव प्रसाद भट्टराईले गरेका थिए । उक्त सभामा कम्पनीका सञ्चालकहरु, शेयरधनीहरु, प्रमुख कार्यकारी अधिकृत, व्यस्थापनका पदाधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

    साधारणसभाले सञ्चालक समितिको आर्थिक बर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन, साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. को लेखा परीक्षकको प्रतिवेदन सहितको मिति २०७९ साल पौष ६ गतेको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९/०८० को मिति २०७९ साल पौष ६ गतेको नाफा÷नोक्सान हिसाव, नगद प्रवाह विवरण पारित गर्नुका साथै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. को लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० साल आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९/०८० को नाफा/नोक्सान हिसाव, नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गरेको छ । 

    सभाले आर्थिक बर्ष २०८०/०८१ को लागि सुजन काफ्ले एण्ड एसोसियट्स चार्टर्ड एकाउण्टेण्ट्सलाई लेखा परिक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बिद्यमान चुक्ता पूँजी चार अर्ब ५४ करोड ५५ लाख ७२ हजार एक सय रुपैयाँको १०.२६ प्रतिशतका दरले हुने रकम रु.४६ करोड ६३ लाख ७५ हजार ६ सय ९७ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै बोनस शेयर वितरण पश्चात् हुने शेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गरी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७ सय ९७ पु¥याउने प्रस्ताव पारित गर्नुका साथै हाल कायम चुक्ता पूँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार एक सय रुपैयाँको २४.७४ प्रतिशतका दरले हुने रकम १ अर्ब १२ करोड ४५ लाख ७४ हजार ५ सय ३७ रुपैयाँ नगद लाभांश (प्रस्तावित बोनस शेयरको कर प्रयोजन समेतको लागि) वितरण गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार