चर्चित समाचार
  • तेस्रो त्रैमाससम्ममा प्रभु महालक्ष्मी लाइफले कमायो २६ करोड ८९ लाख नाफा, कुल बीमाशुल्क आर्जन कति ?

    तेस्रो त्रैमाससम्ममा प्रभु महालक्ष्मी लाइफले कमायो २६ करोड ८९ लाख नाफा, कुल बीमाशुल्क आर्जन कति ?

    बिहिवार, बैशाख २७ २०८१
    बिहिवार, बैशाख २७ २०८१
  • तेस्रो त्रैमाससम्ममा प्रभु महालक्ष्मी लाइफले कमायो २६ करोड ८९ लाख नाफा, कुल बीमाशुल्क आर्जन कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले करिब २७ करोड रुपैयाँ बराबर नाफा आर्जन गरेको छ । 

    कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमास(साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा यस कम्पनीले २६ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । यो गत आर्थिक बर्ष २०७९/८० को सोही अवधीको तुलनामा ३८.७५ प्रतिशतले बढेको हो । गत आर्थिक बर्षको सोही अवधीसम्ममा कम्पनीले १९ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

    यता, चैत मसान्तसम्म कम्पनीले ३ अर्ब ६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ९९.५३ प्रतिशतले वृद्धि भएको हो।अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ५३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। 

    यस्तै, चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोषमा ८ करोड ७६ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ७५ करोड ५५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको असार मसान्तसम्मको तुलनामा महाविपत्ति कोष र रिटेन्ड अर्निङको आकार क्रमशः १८.१२ प्रतिशत र ५०।२८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा ७ करोड ४१ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ५० करोड २७ लाख रुपैयाँ थियो।


    कम्पनीले यस अवधिसम्म २ अर्ब ९६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १०२.८४ प्रतिशतले बढेको छ।

    शेयर पुँजी ४ अर्ब २९ करोड रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ८.२३५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १२.९२ रुपैयाँ थियो। पीई रेसियो ६१.३१ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२३.३५ रुपैयाँ रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार