images
Logo
images
images
images

महालक्ष्मी विकास बैङ्कद्वारा नेपाल प्रहरी, विद्यालय, नगरपालिकादेखि युवा क्लबसम्मलाई सहयोग

महालक्ष्मी विकास बैङ्कद्वारा नेपाल प्रहरी, विद्यालय, नगरपालिकादेखि युवा क्लबसम्मलाई सहयोग

बिहिवार, बैशाख २७ २०८१
बिहिवार, बैशाख २७ २०८१
  • images
    images
    महालक्ष्मी विकास बैङ्कद्वारा नेपाल प्रहरी, विद्यालय, नगरपालिकादेखि युवा क्लबसम्मलाई सहयोग

    काठमाडौँ / महालक्ष्मी विकास बैङ्क लिमिटेडका शाखाहरूले नेपाल प्रहरी, युवा क्लव, विद्यालय, नगरपालिका तथा रोटरी क्लबलाई विभिन्न सहयोगका कार्यक्रमहरू सम्पन्न भएका छन् । ‘सबल बैङ्क, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रमहरू सम्पन्न गरेको हो । 

    images
    images

    बैङ्कको बेलौरी शाखाद्वारा ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरलाई लागुऔषध सम्बन्धि जनचेतनामुलक बोर्डहरू हस्तान्तरण गरिएको छ । वडा क्षेत्रभित्र लागुऔषध अपराध सम्बन्धि जनचेतनामुलक  बोर्डहरू राखि त्यस्ता कार्यलाई निरूत्साहित गर्न मद्दत पु-याउने उद्देश्यले बैङ्कले उक्त सहयोग गरेको हो । 

    बैङ्कका सुदुरपश्चिम प्रदेश प्रमुख सुनिल कुमार नेपालले ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरका कार्यालय प्रमुख गौरी प्रसाद जैशीलाई उक्त बोर्डहरू हस्तान्तरण गरेका थिए । बैङ्कको कोटेश्वर शाखाद्वारा काठमाडौँ महानगरपालिका –३२, कोटेश्वर समाज सुधार युवा क्लवलाई खानेपानीको ट्याङ्की हस्तान्तरण गरिएको छ । 

    क्लव भवनमा खानेपानीको धारा जोडिएको तर पानी जम्मा गर्ने ट्याङ्कीको आवश्यकता भएको हुँदा बैङ्कले उक्त सहयोग गरेको हो । कोटेश्वर शाखाका प्रमुख उत्सव मकाजूले युवा क्लवका अध्यक्ष सुवास कुमार रिमाललाई उक्त ट्याङ्की हस्तान्तरण गरेका थिए । 

    त्यस्तै इटहरी शाखाद्वारा इटहरी उपमहानगरपालिका –२०, तरहरा सुनसरीमा अवस्थित श्री बाल बहुभाषिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि स्कुल व्याग, कापी तथा अन्य आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । 

    विद्यालयमा न्यून आयस्रोत भएका परिवारका बालबालिकाहरू अध्यनरत भएकाले शैक्षिक आवश्यकता पुरा गर्न सहजता मिलोस भन्ने उद्देश्यले बैङ्कले उक्त सहयोग प्रदान गरेको हो । बैङ्कको कोशी प्रदेश प्रमुख दिपक कुमार गुप्ताले विद्यार्थीहरूलाई उक्त सामाग्रीहरू हस्तान्तरण गरेका थिए । त्यसैगरी बैङ्कको शिशुवा शाखाद्वारा पोखरा म.न.पा. ३० स्थित शिशुवा वजार क्षेत्रलाई समेट्ने गरी सीसी क्यामेरा जडान गरिएको छ ।

    शिशुवा वजार क्षेत्र भित्र सम्भावित विभिन्न अपराधिक क्रियाकलाप साथै सवारी दुर्घटनामा समेत नियन्त्रण हुने विश्वासका साथ बैङ्कले उक्त सहयोग गरेको हो । बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत ध्रुवराज तिवारीले पोखरा म.न.पा. वडा नं. ३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदीलाई सिसि क्यामेरा हस्तान्तरण गरेका थिए । 

    उल्लेखित कार्यक्रम सँगसगै बैङ्कको हेटौंडा शाखाद्वारा रोटरी क्लब अफ हेटौंडालाई डस्टविन हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । हेटौंडा महानगरपालिकामा अवस्थित टोल, सार्वजनिक बाटोहरू तथा पार्कहरूमा निस्कने फोहोर व्यवस्थापन गरी स्वच्छ र सफा उपमहानगरपालिका बनाउनका लागि बैङ्कले उक्त सहयोग प्रदान गरेको हो । 

    आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने कुरा बैङ्कले जनाएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार