चर्चित समाचार
  • अमेरिकी र अष्ट्रेलियन डलरदेखि युरोसम्मको मुद्रा महँगियो आज, हेर्नुस् विनिमय दर

    अमेरिकी र अष्ट्रेलियन डलरदेखि युरोसम्मको मुद्रा महँगियो आज, हेर्नुस् विनिमय दर

    मंगलवार, जेठ १ २०८१
    मंगलवार, जेठ १ २०८१
  • अमेरिकी र अष्ट्रेलियन डलरदेखि युरोसम्मको मुद्रा महँगियो आज, हेर्नुस् विनिमय दर

    काठमाडौँ / आज मङ्गलबार अमेरिकी डलरदेखि युरोपियन युरोसम्मको भाउ बढेको छ । नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विनिमय दर अनुसार आज अमेरिकी डलरको भाउ बढेर एकको खरिदमा १३३ रुपैयाँ ३६ पैसा र बिक्रीमा १३३ रुपैयाँ ९६ पैसा पुगेको छ । यसअघि अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ३१ पैसा र बिक्रीमा १३३ रुपैयाँ ९१ पैसा तोकिएको थियो । 

    यसैगरी, एकको खरिद दर १४३ रुपैयाँ ५९ पैसा र बिक्री दर १४४ रुपैयाँ २३ पैसा रहेको युरोपियन युरो आज बढेर खरिदमा १४३ रुपैयाँ ८४ पैसा र बिक्रीमा १४४ रुपैयाँ ४९ पैसा कायम भएको छ । 

     यता, अष्ट्रेलियन डलर पनि आज महँगिएको छ । यसअघि एकको खरिदमा ८८ रुपैयाँ ०१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको अष्ट्रेलियन डलरलाई आज खरिद मूल्य ८८ रुपैयाँ १९ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ ५९ पैसा पुगेको छ। 

    त्यस्तै, जापानिज येन १० को खरिद मूल्य ८ रुपैयाँ ५६ पैसा र बिक्री मूल्य ८ रुपैयाँ ५९ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५६ पैसा र बिक्री दर ३५ रुपैयाँ ७२ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ५८ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ७५ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार