images
images

दुई सुरुङमार्ग छिचोलिदा थप ३ हजार हेक्टर जमिनमा सिँचाइ, ९८ प्रतिशत जनताको घरमा बिजुली

दुई सुरुङमार्ग छिचोलिदा थप ३ हजार हेक्टर जमिनमा सिँचाइ, ९८ प्रतिशत जनताको घरमा बिजुली

मंगलवार, जेठ १ २०८१
मंगलवार, जेठ १ २०८१
  • दुई सुरुङमार्ग छिचोलिदा थप ३ हजार हेक्टर जमिनमा सिँचाइ, ९८ प्रतिशत जनताको घरमा बिजुली

    काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले विकासको गतिलाई तीब्रता दिएको दावी गरेका छन् ।  प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमार्फत आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पौडेलले यस्तो बताएका हुन् ।

    images
    images

    राष्ट्रपति पौडेलले सुनकोसी मरिन डाइभर्सनको सुरुङ निर्धारित समयभन्दा अगावै सकिएको बताए । 

    नागढुंगा नौबिसे सुरुङमार्ग छिचोलिनुका साथै निर्माणाधीन स्थानीय अस्पतालको निर्माणकार्यलाई अघि बढाइएको समेत उनले बताए ।

    यस्तै चालू वर्षमा थप ३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याएको समेत उनले बताए ।

    यस्तै जलविद्युत उत्पादनको जडित क्षमता २ हजार ९४० मेगावाट पुगेको, कूल जनसंख्याको ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको समेत उनले बताए । 

    यसैगरी विभिन्न कारणले लामो समयदेखि रोकिएको प्रसारणलाईन र सबस्टेसनको निर्माणको काम समेत चालू वर्षमा अघि बढेको उनले बताए । यसबाट उत्पादित बिजुलीको प्रसारणमा सहजता आएको बताइएको छ ।

    नेपालमा उत्पादित बिजुली भारत र बंगलादेशमा निर्यातको प्रक्रिया सुरु भइसकेको समेत राष्ट्रपति पौडेलको भनाई छ । पूर्वाधार विकासका आयोजना कार्यान्वयनलाई तीव्रता दिएको बताउँदै उनले भने, ‘पूर्व पश्चिम राजमार्गमा देखिएका समस्या समाधान गर्दै अघि बढाइएको छ ।’

    उनले नेपालमा हालसम्म २ हजार ९ सय ४० मेगावाट विद्युत् उत्पादन हुन थालेको बताएका छन् । साथै, ९८ प्रतिशत जनताको घरमा बिजुली पुगेको जानकारी पनि राष्ट्रपति पौडेलले दिए ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार